4 years ago
November 8, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
शेख जायद स्टेडियम आबूधाबीमा दिल्लीका कप्तान श्रेयस ऐरले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । दिल्लीले टोलीमा दुई परिवर्तन गरेको छ । मुम्बईविरुद्ध खराब प्रर्दशन गरेका तीव्र गतिका बलर ड्यानियल साम्सको स्थानमा शिम्रन हेटमायरलाई मौका दिएको छ ।
त्यस्तै खराब लयबाट गुज्रि रहेका ओपनर पृथ्वी शा को स्थानमा लेग स्पिनर प्रविन दुबेलाई मौका दिएको छ । हैदराबादले भने टोलीमा कुनै परिवर्तन गरेको छैन । यसअघि रोयल च्यालेन्जर्स बेंगलोरविरुद्धको टोलीले निरन्तरता दिएको छ ।
दिल्ली पहिलो पटक र हैदराबाद तेस्रो पटक फाइनलमा स्थान बनाउन चाहन्छन् । हैदराबादले उत्कृष्ट लय समाउँदा दिल्लीले संघर्ष गरिरहेको छ । पहिलो क्वालिफायरमा दिल्ली मुम्बई इन्डियन्ससँग पराजित हुन पुगेको थियो । हैदराबादले एलिमिनेटरमा रोयल च्यालेन्जर्स बेंगलोरलाई पराजित गर्दै दिल्लीसँग भेट पक्का गरेको हो ।
हैदराबाद पछिल्ला चार खेलमा अपराजित छ । दिल्ली पछिल्ला ६ खेलमा पाँचमा हारको सामना गर्नु परेको छ । आजको विजेताले आइपिएलको फाइनलमा मुम्बई इन्डियन्ससँग खेल्ने छ । दिल्ली हालसम्म आइपिएलको फाइनलमा पुग्न सकेको छैन । दिल्ली हैदराबादविरुद्ध जित निकाल्दै उक्त फाइनलको खडेरी तोड्न चाहन्छ । हैदराबाद सन् २०१६ को विजेता हैदराबाद र २०१८ को फाइनलमा चेन्नई सुपर किंग्ससँग पराजित भएको थियो ।
हैदराबादको प्लेइङ ११ : डेभिड वार्नर (कप्तान), श्रीवात्स गोस्वामी (विकेटकिपर), मनिष पान्डे, केन विलियम्सन, प्रियम गर्ग, अब्दुल सामद, जेसन होल्डर, शहबाज नदीम, राशिद खान, टि नटराजन र सन्दीप शर्मा ।
दिल्लीको प्लेइङ ११ : प्रविन दुबे, शिखर धवन, अजिंक्या रहाणे, श्रेयस ऐर (कप्तान), ऋषभ पन्त (विकेटकिपर), मार्कस स्टोइनिस, अक्षर पटेल, शिम्रन हेटमायर, रविचन्द्रन आश्विन, कागिसो रबाडा र एनरिच नोर्किया
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]