default_image

4 years ago

November 8, 2020

दिल्लीविरुद्ध हैदराबाद : प्रभाव छाड्नसक्ने खेलाडी

90 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को दोस्रो क्वालिफायरमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि शेख जायद स्टेडियम आबूधाबीमा हुनेछ ।

दिल्ली पहिलो पटक र हैदराबाद तेस्रो पटक फाइनलमा स्थान बनाउन चाहन्छन् । हैदराबादले उत्कृष्ट लय समाउँदा दिल्लीले संघर्ष गरिरहेको छ । पहिलो क्वालिफायरमा दिल्ली मुम्बई इन्डियन्ससँग पराजित हुन पुगेको थियो । हैदराबादले एलिमिनेटरमा रोयल च्यालेन्जर्स बेंगलोरलाई पराजित गर्दै दिल्लीसँग भेट पक्का गरेको हो ।

हैदराबाद पछिल्ला चार खेलमा अपराजित छ । दिल्ली पछिल्ला ६ खेलमा पाँचमा हारको सामना गर्नु परेको छ । आजको विजेताले आइपिएलको फाइनलमा मुम्बई इन्डियन्ससँग खेल्ने छ । दिल्ली हालसम्म आइपिएलको फाइनलमा पुग्न सकेको छैन । दिल्ली हैदराबादविरुद्ध जित निकाल्दै उक्त फाइनलको खडेरी तोड्न चाहन्छ । हैदराबाद सन् २०१६ को विजेता र २०१८ को फाइनलमा चेन्नई सुपर किंग्ससँग पराजित भएको थियो । दिल्ली र हैदराबादबीचको खेलमा प्रभाव पार्नसक्ने दुबै टोलीका ३-३ खेलाडी यस प्रकार छन् ।

जेसन होल्डर (हैदराबाद)

हैदराबादका अलराउन्डर जेसन होल्डरले लगातार उच्च प्रर्दशन गर्दै जित सहज बनाउँदै आएका छन् । होल्डरले जारी सिजनमा ६ खेल खेलेका छन् । जसमा पछिल्ला चार खेलमा लगातार जित निकालेको छ । हैदराबादको जितमा ब्याट र बल दुबैमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन् । होल्डरले ६ खेलमा १३ विकेट लिदै उच्च प्रर्दशन गरेका छन् ।

तल्लोक्रममा उनले ५५ रन बनाएका छन् । बेंगलोरलाई ६ विकेटले पराजित गर्दा उनी २४ रनमा अविजित रहेका थिए । अन्तिम ओभरमा नवदीप सैनीलाई लगातार दुइ चौका प्रहार गर्दै लगातार जित निकालेका थिए । बलिङतर्फ २५ रन खर्चेर ३ विकेट लिएका थिए । तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्ने होल्डर दिल्लीलाई टाउको दुखाईका खेलाडी बन्न सक्छन् ।

मार्कस स्टोइनिस (दिल्ली)

अष्ट्रेलियन अलराउन्डर मार्कस स्टोइनिसको प्रर्दशनले दिल्लीलाई ठूलो प्रभाव पार्ने छ । राम्रो प्रर्दशन गर्दै आएका स्टोइनिसले ब्याट र बल दुबैमा उच्च प्रर्दशन गरेका छन् । पछिल्लो खेलमा मुम्बईविरुद्ध अन्य ब्याट्सम्यानले खराब प्रर्दशन गर्दा स्टोइनिसले ६५ रनको उत्कृष्ट इनिङ खेल्नुको साथै एक विकेट लिएका थिए ।

स्टोइनिसले तीन अर्ध शतक सहित कुल ३ सय १४ रन बनाउँदा ९ विकेट लिएका छन् । दिल्लीका ओपनरले लगातार खराब प्रर्दशन गर्दा आज उनले उक्त भूमिका सम्हाल्ने सम्भावना छ । उनको प्रर्दशन दिल्लीका लागि निकै महत्वपूर्ण हुने छ ।

राशिद खान (हैदराबाद)

लेग स्पिनर राशिद खान हैदराबादका प्रमुख बलिङ हतियार हुन् । उनले जारी आइपिएलमा १९ विकेट लिएका छन् । राशिद खानले लगातार कसिलो बलिङ गर्दै विपक्षी ब्याट्सम्यानलाई दबाबमा राख्दै आएका छन् ।

दिल्लीविरुद्ध उनले यस सिजनको दुबै खेलमा ३-३ विकेट लिएका छन् । उनले पछिल्लो ५ खेलमा दिल्लीविरुद्ध १० विकेट लिएका छन् । आबूधाबीको पिच पनि स्पिनर उपयोगी हुँदा उनी दिल्लीमाथि पुन हाबी हुन सक्छन् ।

कागिसो रबाडा (दिल्ली)

दक्षिण अफ्रिका युवा तीव्र गतिका बलर कागिसो रबाडा दिल्लीका प्रमुख हतियार हुन् । उनको उच्च प्रर्दशन विना दिल्लीको जित कठिन देखिन्छ । लगातार उच्च प्रर्दशन गर्दै आएका रबाडाले यस सिजनमा पनि आफ्नो प्रभाव जमाई रहेका छन् । तर पछिललो खेलमा रबाडाले मुम्बईविरुद्ध ४२ रन खर्चिदा विकेट लिन सकेका थिएनन् ।

रबाडाबाट दिल्ली उच्च प्रर्दशन चाहन्छ । १५ खेलमा २५ विकेटका साथ दोस्रोस्थानमा छन् । डेथ ओभर स्पेलिष्ट रबाडाले उत्कृष्ट प्रर्दशनमा हैदराबादका ब्याट्सम्यानले संघर्ष गर्न सक्छन् ।

डेभिड वार्नर (हैदराबाद)

कप्तान तथा ओपनर डेभिड वार्नर हैदराबादका प्रमुख हतियार हुन् । उनको उच्च प्रर्दशन बिना हैदराबादको जित कठिन देखिन्छ । वार्नर जारी आइपिएलमा सर्वाधिक रन बनाउने दोस्रो खेलाडी हुन् । वार्नरले १५ खेलमा चार अर्ध शतक सहित कुल ५ सय ४९ रन बनाएका छन् ।

राम्रो लयमा देखिएका वार्नरको उच्च प्रर्दशन विना हैदराबादको जित कठिन पर्न सक्छ । हैदराबादको तल्लोक्रम ब्याटिङ कमजोर हुँदा वार्नरको प्रर्दशनले निकै महत्वपूर्ण हुने छ ।

शिखर धवन (दिल्ली)

शिखर धवन दिल्लीका ओपनर र जारी सिजनमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । धवनले १५ खेलमा २ शतक र ३ अर्ध शतक सहित कुल ५ सय २५ रन बनाएका छन् । धवन पछिल्लो खेलमा मुम्बईविरुद्ध शून्यमा आउट भएका थिए ।

दिल्लीका शीर्षक्रमका ब्याट्सम्यानको प्रर्दशन स्थिर छैन । पछिल्लो खेलको गल्तीबाट पाठ सिक्दै धवन उच्च प्रर्दशन गर्न चाहन्छन् । उनको उत्कृष्ट सुरुवातमा अन्य ब्याट्सम्यानलाई खेल्न सहज पनि हुन्छ ।

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.