4 years ago
November 8, 2020
एजेन्सी – बंगलादेशका टि ट्वान्टी क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर महमुदूल्लाह रियादलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । अर्को साता पाकिस्तानमा सुरु हुने पाकिस्तान सुपर लिग ९पिएसएल० मा महमुदल्ला सहभागि हुने छैनन् ।
बंगलादेश क्रिकेट बोर्डले महमुदूल्लाहमा कोरोना संक्रमण भएको पुष्टि गरेको छ । पिएसएलको प्ले अफ आगमी नोभेम्बर १४ देखि १७ सम्म पाकिस्तानमा हुँदै छ । महमुदुल्लाहसँगै ओपनर इमाम इकबालले पिएसएल खेल्न लागेका थिए ।
महमुदुल्लाहलाई मुल्तान सुल्तानले इंग्ल्यान्डका अलराउन्डर मोईन अलीको स्थानमा टोलीमा समेटेको थियो । इकबाललाई लाहोर कलन्दर्सले अष्ट्रेलियाका ओपनर क्रिस लिनको स्थानमा टोलीमा समेटेको थियो ।
पिएसएलको को पहिलो क्वालिफायर नोभेम्बर १४ मा मुल्तान सुल्तान र कराँची किंग्सबीच हुने छ । कराँचीमा हुने उक्त खेलको विजेता फाइनलमा पुग्ने छ । एलिमिनेटरमा लाहोर कलन्दर्स र पेशावार जाल्मीबाीच प्रतिस्पर्धा हुने छ ।
दोस्रो एलिमिनेटर नोभेम्बर १५ र फाइनल १७ नोभेम्बरमा हुने छ । सबै खेल पाकिस्तानको कराँची स्थित रहेको नेशनल क्रिकेट स्टेडियममा हुने छन् । महमुदुल्लाहलाई कोरोना संक्रमण भएसँगै बंगलादेश क्रिकेट बोर्डले अर्को महिना पाँच टोलीबीच आयोजना गर्ने तयारी गरि रहेको टि ट्वान्टी कप हुनेमा शंका बढेको छ । बंगलादेशमा यसअघि आबू जायद, सैफ हसन, मशरफे मोर्तजा क्रिकेटरले कोरोना भाइरसको संक्रमणबाट मुक्त भइसकेका छन् ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]