default_image

4 years ago

November 8, 2020

दिल्लीविरुद्ध हैदराबाद : हेड टु हेड

111 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को दोस्रो क्वालिफायरमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुनेछ ।

दिल्ली पहिलो पटक र हैदराबाद तेस्रो पटक फाइनलमा स्थान बनाउन चाहन्छन् । दिल्ली मुम्बई इन्डियन्ससँग पहिलो क्वालिफायरमा ५७ रनले पराजित हुँदै सोझै फाइनलमा पुग्ने अवसर गुमाएको थियो । हैदराबादले एलिमिनेटरमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले पराजित गर्दै दिल्लीसँग भेट पक्का गरेको हो । हैदराबाद पछिल्ला चार खेलमा अपराजित छ । दिल्ली पछिल्ला ६ खेलमा पाँचमा हारको सामना गर्नु परेको छ ।

आजको विजेताले आइपिएलको फाइनलमा मुम्बई इन्डियन्ससँग खेल्ने छ । दिल्ली हालसम्म आइपिएलको फाइनलमा पुग्न सकेको छैन । दिल्ली हैदराबादविरुद्ध जित निकाल्दै उक्त फाइनलको खडेरी तोड्न चाहन्छ । सन् २०१६ को विजेता हैदराबाद सन् २०१८ को फाइनलमा चेन्नई सुपर किंग्ससँग पराजित भएको थियो ।

यसअघि लिग चरणमा हैदराबाद पहिलो खेलमा १५ रन र दोस्रो खेलमा ८८ रनले विजयी भएको थियो । आबूधाबीमा टस पनि निर्णाय बन्न सक्छ । पछिल्ला ९ खेलमा पहिला ब्याटिङ गर्ने टोली ८ खेलमा पराजित भएको छ । आइपिएलमा यी दुई टोलीबीच हालसम्म १७ खेल भएका छन् । जसमा हैदराबाद ११ खेलमा विजयी हुँदा ६ खेलमा पराजित भएको छ ।

हालसम्म हैदराबादले दिल्लीविरुद्ध बनाएको उच्च योगफल २ सय १९ र कम १ सय १६ रन छ । जुन उच्च योगफल यसै सिजनको दोस्रो खेलमा दुबईमा २ विकेटको क्षतिमा २ सय १९ रन जोडेको थियो । दिल्लीले हैदराबादविरुद्ध बनाएको उच्च योगफल १ सय ८९ हुँदा कम ८० रन छ । हालसम्म दिल्ली र हैदराबादको नतिजा यस प्रकार छ ।

२०२० : हैदराबाद १५ रन र ८८ रनले विजयी

२०१९ : हैदराबाद ५ विकेट, दिल्ली ३९ रन र २ विकेटले विजयी

२०१८ : हैदराबाद ९ विकेट र ७ विकेटले विजयी

२०१७ : हैदराबाद १५ रन र दिल्ली ६ विकेटले विजयी

२०१६ : दिल्ली ६ विकेट र ७ विकेटले विजयी

२०१५ : दिल्ली ४ रनले विजयी र ६ रनले पराजित

२०१४ : हैदराबाद ४ रन र डकवर्थ लेविस पद्धतिको आधारमा ८ विकेटले विजयी

२०१३ : हैदराबाद ३ विकेट र ६ विकेटले विजयी

यो पनि : हैदराबादविरुद्ध सन्दीपको सम्भावना

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.