4 years ago
November 7, 2020
एजेन्सी – कप्तान बाबर आजमको उत्कृष्ट प्रर्दशनको सहयोगमा पाकिस्तानले जिम्बावेसँगको पहिलो टि२० खेलमा सहज जित निकालेको छ । शनिबार साँझ सम्पन्न खेलमा पाकिस्तानले जिम्बावेलाई ६ विकेटले पराजित गर्दै तीन टि२० आई खेलको सिरिजमा १–० को अग्रता लिएको छ ।
जितको लागि १ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १८.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । पाकिस्तानको जितमा कप्तान तथा ओपनर बाबर आजम ५५ बलमा ९ चौका र १ छक्का सहित ८२ रनमा क्याच आउट भए । अनुभवी ब्याट्सम्यान मोहम्मद हफिजले ३२ बलमा ३ चौका र १ छक्का सहित ३६ रनको योगदान दिए ।
खुशदील शाह ५ रनमा अविजित रहे । ओपनर फखर जमान १२ बलमा २ चौका र १ छक्का सहित १९ र हैदर अली ७ रनमा क्याच आउट भए । जिम्बावेका मुजाराबानीले ३.५ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । रिचर्ड नगारावा र टेन्डाई चटराले एक एक विकेट लिए ।
त्यसअघि रावलपिन्डी क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको जिम्बावेले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो । जिम्बावेका युवा ब्याट्सम्यान वेस्ली मधेभरे ४८ बलमा ९ चौका र १ छक्का सहित ७० रनमा अविजित रहेपनि टोलीको हार टार्न सकेनन् ।
ओपनर ब्रेन्डन टेलर २०, सेन विलियम्स २५, एल्टन चिगुम्बुराले २१ रनको योगदान दिए । पाकिस्तानका हरिस रौफ र वहाब रियाजले २–२ विकेट लिए । उस्मान कादिर र मोहम्मद हसनैनले एक एक विकेट लिए । दोस्रो टि२० खेल आइतबार हुने छ ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]