4 years ago
November 7, 2020
एजेन्सी – दक्षिण अफ्रिका क्रिकेट बोर्डले नोभेम्बर अन्तिम देखि घरेलु मैदानमा हुने इंग्ल्यान्डसँग समान तीन ओडिआई र टि२० आई सिरिजको लागि आफ्नो २४ सदस्य टोली घोषणा गरेको छ ।
विकेटकिपर क्विन्टन डी कको कप्तानीमा दक्षिण अफ्रिकाले एक नयाँ तीव्र गतिका बलरलाई पहिलो पटक समेट्दै बलियो टोली घोषणा गरेको छ । दक्षिण अफ्रिका घोषणा टोलीमा २८ वर्षिय तीव्र गतिका बलर ग्लेनटन स्टुरमानले पहिलो पटक टोलीमा मौका पाएका छन् । ग्लेनटनले ४५ प्रथम श्रेर्णीको खेलमा १ सय ७८ विकेट लिएका छन् । त्यस्तै ३१ लिष्ट ए मा ४० र १२ टि२० मा १५ विकेट लिएका छन् ।
कोरोना महामारीपछि दक्षिण अफ्रिकाले पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । दक्षिण अफ्रिका क्रिकेटका निर्देशक ग्रिम स्मिथले आगमी वर्ष भारतमा हुने टि२० विश्वकपलाई लक्षित गर्दै उनलाई मौका दिएको जनाएका छन् ।
इंग्ल्यान्डविरुद्ध परेका प्रमुख तीन दक्षिण अफ्रिका खेलाडी इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्न संयुक्त अरव इमिरेट्स (यूएई) मा छन् । क्विन्टन डी कक मुम्बइ इन्डियन्स, दिल्लीमा कागिसो रबाडा र एनरिच नोर्किया दिल्लीमा रहेका छन् । यी तीनै खेलाडीले उच्च प्रर्दशन गरेका छन् ।
दक्षिण अफ्रिका र इंग्ल्यान्डबीचको पहिलो टि२० खेल २७ नोभेम्बर र दोस्रो २९ मा हुने छ । पहिलो टि२० केपटाउन र दोस्रो बोलान्ड पार्क पार्लमा हुने छ । तेस्रो टि२० खेल कप टाउनमा डिसेम्बर १ मा हुने छ । पहिलो ओडिआई डिसेम्बर ४ मा कप टाउनमा हुने । दोस्रो डिसेम्बर ६ र तेस्रो तथा अन्तिम ९ मा हुने छ ।
दक्षिणअफ्रिका ओडिआई तथा टि२० टोली :
क्विन्टन डी कक (कप्तान तथा विकेटकिपर), टेम्बा बभुमा, जुनियर डाला, फाफ डु प्लेसिस, ब्जोर्न फ्रोटयुनिङ, ब्युरन हेन्ड्रिक्स, रिजा हेन्ड्रिक्स, हेनरिक क्लासेन, जर्ज लिन्डी, केशव महाराज, जान्नेमान मलान, डेभिड मिलर, लुन्गी एनगिडी, एनरिच नोर्किया, एन्डिले फेहलुक्वायो, ड्वेन प्रिटोरियुस, कागिसो रबाडा, तबरेज शाम्सी, लुथो सिपम्ला, जोन जोन स्मुट्स, ग्लेनटन स्टुरमान, पिटी भान बिल्जोन, रास्सी भान डर डुसेन, काइल विर्रेन्ने ।
दक्षिण अफ्रिकाविरुद्ध खेल्ने इंग्ल्यान्डको टि२० टोली :
ओईन मोर्गन (कप्तान), जोनी बेयरस्टो, जेसन रोय, जस बटलर (विकेटकिपर), डेविड मलान, बेन स्टोक्स, साम बिलिंग्स, मोईन अली, साम करन, टम करन, जोफ्रा आर्चर, क्रिस जोर्डन, रोसी टोपली, मार्क वुड र आदिल राशिद
दक्षिण अफ्रिकाविरुद्ध खेल्ने इंग्ल्यान्डको ओडिआई टोली :
ओईन मोर्गन (कप्तान), जोनी बेयरस्टो, जेसन रोय, जो रुट, लियाम लिभिङस्टोन, साम बिलिंग्स, जस बटलर (विकेटकिपर), मोईन अली, लुईस ग्रेगरी, टम करन, क्रिस वोक्स, आदिल राशिद, रोसी टोपली, ओली स्टोन र मार्कवुड ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]