4 years ago
November 7, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो वार्षिक साधरण सभा आगमी मंसिर ३ मा गर्ने भएको छ । शनिबार सम्पन्न भर्चुअल बोर्ड बैठकलले बार्षिक साधरण सभा मंसिर ३ मा गर्ने निर्णय गरेको छ ।
त्यस्तै क्यानले यसअघि केन्द्रिय खेलाडी सम्झौतामा बी ग्रेडमा राखेका तीव्र गतिका बलर सोमपाल कामीलाई ए मा राख्ने निर्णय गरेको छ । त्यस्तै यसअघि ग्रेड सी मा राखेका अर्का तीव्र गतिका बलर अभिनाश बोहरालाई बी मा राख्ने निर्णय गरेको छ । यसअघि ग्रेडमै नपरेका स्पिनर ललित नारायण राजवंशीलाई बी र युवा ब्याट्सम्यान सन्दीप जोरालाई सी ग्रेडमा राख्ने निर्णय गरेको छ ।
महिलातर्फ सरस्वती चौधरीलाई बी ग्रेड, ममता चौधरी र सुमन खतिवडालाई सी ग्रेडमा राख्ने निर्णय गरेको छ । कोरोना महामारीलाई मध्यनजर गर्दै यस सम्झौता २०२० जनवरी देखि ६ महिनाको लागि मात्रै गर्ने भएको छ । बाँकी ६ महिनाको सम्झौता भने पछि गर्ने क्यानका कोषाध्यक्ष तथा खेलाडी वर्गिकरण छनोट समितिका संयोजक रोशनकुमार सिंहले जानकारी दिएका छन् । कोरोना महामारीलाई मध्यनजर गर्दै ६ महिनामात्रै गर्ने निर्णय भएको सिंहले बताएका छन् ।
क्यानले राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण आगमी मंसिर १० देखि स्वास्थ्य साबधानी पूरा गर्दै सूरु गर्ने निर्णय गरेको छ । क्यानले भारतीय दुतावासका सहयोगमा कीर्तिपुर स्थित रहेको टियु मैदानको पेभिलिएन हलको स्तरउन्नती गर्ने भएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा ड्रेनेज निर्माण र स्तोरउन्नती प्रक्रिया अघि बढाउने भएको छ ।
क्यानले केन्द्रिय सदस्य दुर्गाराज पाठकको संयोजकत्व रहने गरि राष्ट्रिय (नेशनल) क्रिकेट एकेडमी सन्चालन कार्यबिधि निर्माण गर्ने भएको छ । क्यानले प्रशान्त बिक्रम मल्लको संयोजकत्वमा ऋषि गौतम, दुर्गाराज पाठक, कैलाश बिष्ट र छुम्बी लामा सदस्य रहने गरि दुई हप्ताभित्र तीन वर्षे रणनैतिक योजना निर्माण गर्ने निर्णय गरेको छ ।
क्यानले प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिता आगमी डिसेम्बर अन्तिममा सन्चालन गर्ने र अनुमति लिने प्रक्रिया तत्काल अघि बढाइने पनि जनाएको छ ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]