4 years ago
November 6, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को एलिमिनेटर खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले सनराइजर्स हैदराबादलाई १ सय ३२ रनको सामान्य लक्ष्य दिएको छ ।
शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङ थालेको बेंगलोरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३१ रन बनायो । बेंगलोरका एबी डिभिलियर्सले ४३ बलमा ५ चौका सहित सर्वाधिक ५६ रनको योगदान दिए । आरोन फिन्चले ३२ रन जोडे । अन्य कुनैपनि ब्याट्सम्यानले सम्झन योग्य प्रर्दशन गर्न सकेनन् । बेंगलोरका ६ ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बेंगलोरले आजको खेलमा विराट कोहली र देवदत्त पाडिक्कललाई ओपनिङ गराएको थियो । मध्य गतिका बलर जेसन होल्डरको दोस्रो ओभरको दोस्रो बलमा कप्तान विराट कोहली विकेटकिपर श्रीवात्स गोस्वामीबाट ६ रनमा क्याच आउट हुन पुगे । कोहली सिजनमा पहिलो पटक ओपनरका रुपमा उत्रिएका थिए । होल्डरलेनै चौथो ओभरको तेस्रो बलमा अर्का ओपनर पाडिक्कललाई १ रनमा प्रियम गर्गबाट क्याच आउट गराउँदै उत्कृष्ट सुरुवात दिलाएका थिए ।
तेस्रो विकेटका लागि आरोन फिन्च र एबी डिभिलियर्सले ४१ रनको साझेदारी गर्दै इनिङ उकास्न खोजेका थिए । तर स्पिनर शहबाज नदीमको ११ औं ओभरको दोस्रो बलमा ठूलो सट खेलेका फिन्च कभरमा अब्दुल सामदबाट ३२ रनमा क्याच आउट भएका थिए ।
फिन्चले ३० बलमा ३ चौका र १ छक्का प्रहार गरे । फिन्च आउट भएको दुई बलपछि मोईन अली शून्यमा रन आउट हुँदा बेंगलोर ६२–४ को कमजोर अवस्थामा पुगेको थियो । बेंगलोरका तल्लोक्रमका ब्याट्सम्यानले पनि क्रिजमा टिकेर रन बनाउन सकेनन् ।
होल्डरले १६ औं ओभरको चौथो बलमा शिवम् दुबेलाई कप्तान डेभिड वार्नरबाट ८ रनमा क्याच आउट गराए । वासिन्टन सुन्दर ५ रनमा क्याच आउट भए । तीव्र गतिका बलर टि नटराजनले १८ औं ओभरको पाँचौ बलमा योर्करमा बोल्ड आउट गरेपछि बेंगलोर बलियो योगफलको सम्भावना टाढिएको थियो । नवदीप सैनी ९ र मोहम्मद शिराज १० रनमा अविजित रहे ।
हैदराबादका जेसन होल्डरले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । टि नटराजनले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । शहबाज नदीमको नाममा एक विकेट रह्यो ।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]