4 years ago
November 5, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सविरुद्ध पहिला बलिङ गर्ने भएको छ ।
दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा दिल्लीका कप्तान श्रेयस ऐरले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । दिल्लीले रोयल च्यालेन्जर्स बेंगलोरसँगको खेलमा खेलेका खेलाडीलाई निरन्तरता दिएको छ । अर्थात टोलीमा कुनै परिवर्तन गरेको छैन ।
मुम्बईले आज टोलीमा तीन परिवर्तन गरेको छ । यस अघि सनराइजर्स हैदराबादविरुद्ध बिश्राम दिएका तीव्र गतिका बलर जस्प्रित बुमराह र ट्रेन्ट बोल्ट टोलीमा फर्किएका छन् । बोल्ट र बुमराह फर्किदा धवल कुणकर्णी र जेम्स प्याटिनसन बेन्चमा बसेका छन् । त्यस्तै दिल्लीविरुद्धको खेल देखि विश्राममा रहेका हार्दिक पान्ड्या पनि टोलीमा फर्किएका छन् । हार्दिक फर्किदा सौरभ तिवारी बेन्चमा बसेका छन् ।
चार पटकको च्याम्पियन मुम्बई दिल्लीलाई हराउँदै छैटौं पटक आइपिएलको फाइनलमा पुग्न चाहन्छ । चार पटकको च्याम्पियन मुम्बईलाई हराउँदै दिल्ली आइपिएल इतिहासमा पहिलो पटक फाइनलमा पुग्ने सोचका साथ मैदान प्रवेश गर्नेछ ।
मुम्बई १४ खेलमा ९ मा जित र ५ मा हार सहित १८ अंकका साथ शीर्ष स्थानमा लिग चरण अन्त्य गरेको थियो । दिल्ली १४ खेलमा ८ मा जित र ६ मा हार सहित १६ अंक जोड्दै साथ दोस्रो स्थानका साथ क्वालिफायर खेलेको हो । लिग चरणको दुबै खेलमा मुम्बई विजयी भएको थियो । मुम्बई लिग चरणमा दिल्लीलाई ९ विकेट र ५ विकेटले विजयी भएको थियो ।
आजको विजेता आइपिएलको फाइनलमा पुग्ने छ । पराजित हुने टोलीले फाइनल प्रवेशका लागि पुनः अवसर पाउने छ । शुक्रबार तेस्रो स्थानमा रहेको सनराइजर्स हैदराबाद र चौथो स्थानको रोयल च्यालेन्जर्स बेंगलोरबीच एलिमिनेटरमा प्रतिस्पर्धा हुने छ । विजेता पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग आइतबार प्रतिस्पर्धा गर्ने छ । जसको विजेता फाइनलमा प्रवेश गर्ने छ । आइपिएलको फाइनल मंगलबार दुबईमा हुने छ ।
मुम्बईको प्लेइङ ११ : रोहित शर्मा (कप्तान), क्विन्टन डी कक (विकेटकिपर), सूर्यकुमार यादव, ईशान किशन, हार्दिक पान्ड्या, क्रुनाल पान्ड्या, काइरन पोलार्ड, नाथन कुल्टर नाइल, ट्रेन्ट बोल्ट, राहुल चहर र जस्प्रित बुमराह
दिल्लीको प्लेइङ ११ : पृथ्वी शा, शिखर धवन, अजिंक्या रहाणे, श्रेयस ऐर (कप्तान), ऋषभ पन्त (विकेटकिपर), मार्कस स्टोइनिस, अक्षर पटेल, ड्यानियल साम्स, रविचन्द्रन आश्विन, कागिसो रबाडा र एनरिच नोर्किया
यो पनि : आइपिएलमा दक्षिण अफ्रिकी दबदबा
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]