default_image

9 years ago

September 12, 2016

गोर्खा ब्रुअरी इन्डोर कर्पोरेट क्रिकेट च्याम्पियन

99 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– कोकाकोला इन्डोर कर्पोरेट कप क्रिकेटको उपाधि गोर्खा ब्रुअरीले जितेको छ । गोर्खा ब्रुअरीले आइतबार भएको फाइनलमा सिप्रदीलाई ३ विकेटले हराएको थियो । टस जितेर ब्याटिङ गरेको सिप्रदीले १२ ओभरमा ६ विकेटको गुमाएर ९१ रन बनाएको थियो । प्रतिउत्तरमा विश्वास मानन्धरको उच्च ३८ रनमा गोर्खा ब्रुअरीले १२ ओभरमा ४ विकेट गुमाउँदै आवश्यक जितका लागि आवश्यक ९२  रन जोडेको थियो ।

IMG_3740

२६ बलमा २ चौका र १ छक्का प्रहार गरेका विश्वास प्लेयर अफ द म्याच बने । टोलीका लागि विजय रावले ३०, कृष्ण बंका र अशिम अर्यालले समान ११ रन जोडे । सिप्रदीका मुकेश सिग्देल र चिरन थापाले १/१ विकेट लिए ।
त्यसअघि सिप्रदीका लागि चिरन थापाले अविजित २६ रन बनाए । वीरेन्द्र मण्डलले १९ र शावन्त सिजापतीले १२ रन जोडे । गोर्खा ब्रुअरीका प्रशान्त ढकालले २ कृष्ण र विवेक थापाले समान १ विकेट लिए । त्यसअघि सिप्रदीले कान्तिपुर टिभिलाई ५६ रन र गोर्खा ब्रुअरीलाईले एफ वान सफ्टलाई ६ रनले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका थिए ।
उपविजेता सिप्रदीका शावन्त सिजापतीले दोहोरो उपाधि जिते । उनी प्रतियोगिताको म्यान अफ सिरिज र उत्कृष्ट बलर घोषित भए । कान्तिपुर टिभीका रोशन श्रेष्ठ उत्कृष्ट ब्याट्सम्यान चुनिए । नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले विजेता टोलीलाई पुरस्कृत गरे । नेपाल स्पोर्टस मेनेजमेन्टको आयोजनामा रातोपुलस्थित भेलोसिटी एरिनामा भदौ २४ सञ्चालित कर्पोरेट क्रिकेटमा १२ टोलीको सहभागिता थियो ।

March 15, 2025

मधेशविरुद्ध पुलिसको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]

March 15, 2025

आर्मीविरुद्ध कोशीको मध्यम योगफल

काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध मध्यम योगफल तयार गरेको छ । रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा जारी खेलमा कोशीले टस जितेर पहिले ब्याटिङ गर्दै ४९.३ ओभरमा २ सय ३० रन बनाएको छ। कोशीका लागि सुभान गहतराजले ५७ बलमा ७ चौकासहित सर्वाधिक ५१ रन जोडे […]

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

Success

Thank you for your time.