9 years ago
September 12, 2016
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र अर्का सिनियर खेलाडी बसन्त रेग्मीको टोलीबीच वाइवाइ इपिएल ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेल हुने भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा असोज ८ मा हुने उद्घाटनमा कान्तिपुर गोर्खाज र विशाल वारियर्सबीच प्रतिस्पर्धा हुने आयोजक जोहरा स्पोर्टस मेनेजमेन्टले जनाएको छ । पारस विशाल वारियर्स र बसन्त कान्तिपुर गोर्खाजका कप्तान हुन् ।
प्रतियोगितामा सहभागी अन्य टोलीलाई राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले कलर्स एक्स,शरद भेषावकरले पन्चकन्या तेज, शक्ति गौचनले जगदम्बा राइनोज र विनोद भण्डारीले सगरमाथा लिजेन्ड्को नेतृत्व गर्नेछन् । असोज ९ मा पन्चकन्या र कलस्ृ एक्स तथा सगरमाथा र कान्तिपुरबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै असोज १० गते पन्चकन्या र जगदम्बा तथा विशाल र सगरमाथा एकअर्काविरुद्ध उत्रनेछन् ।
इपिएल राउन्ड रोविन लिगका आधारमा सञ्चालन हुनेछ । हरेक टोलीले एकअर्कासँग प्रतिस्पर्धा गर्द एउटा टोलीले कम्तीमा ५ खेल खेल्नेछन् । इपिएलमा जम्मा १६ खेल हुनेछन् । राउन्ड रोविन पछि अंकतालिकाका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । आयोजकले इपिएलका सहभागी खेलाडीलाई चार श्रेणीमा विभाजन गरि म्याच फिको रकम तोकेको छ । हरेक टोलीको कप्तानले प्रति खेल २० हजार रुपैयाँ म्याच फि पाउनेछन् । राष्ट्रिय टोलीबाट कम्तिमा १५ वटा अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गरेका खेलाडीले एक खेल बराबर १५ हजार रुपैया प्राप्त गर्नेछन् भने यू १९ विश्वकप टोलीका सदस्यले १२ हजार रुपैयाँ पाउनेछन् । बाँकी खेलाडीले भने हरेक खेल वापत ८ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध मध्यम योगफल तयार गरेको छ । रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा जारी खेलमा कोशीले टस जितेर पहिले ब्याटिङ गर्दै ४९.३ ओभरमा २ सय ३० रन बनाएको छ। कोशीका लागि सुभान गहतराजले ५७ बलमा ७ चौकासहित सर्वाधिक ५१ रन जोडे […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]