4 years ago
November 2, 2020
एजेन्सी – किंग्स इलेभेन पन्जाब इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा सुरुवाती चरणबाटै बाहिरियो । कप्तान लोकेश राहुल, ओपनर मयंक अग्रवाल र मोहम्मद शामीको उत्कृष्ट प्रर्दशनका बाबजुद पनि पन्जाबले अन्तिम चारमा पुग्न सकेन ।
सुरुवाती सात खेलमा एकमा मात्रै जित निकालेको पन्जाबले पछिल्ला पाँच खेलमा लगातार जित निकाल्दै प्ले अफको आशा जगाएको थियो । अझ अन्य टोलीको नजिता पनि आफूअनुकुल आउँदा सहज देखिएको थियो ।
तर पछिल्ला दुई खेलमा पराजित हुँदै १२ अंकका साथ पाँचौ स्थानमा रहेर यो सिजनको आइपिएलको अन्त्य गर्यो । यो सिजन पनि पन्जाबको उपाधि जित्ने सपना पूरा हुन सकेन । असफल टोलीको दाग मेट्न सकेन ।
पन्जाबमा विश्वस्तरिय खेलाडी भएपनि कमजोर बलिङ हारको कारण मध्ये एक बन्यो । पन्जाब केहि खेल जित नजिक पुगेर सफल हुन सकेन । तीनै हार पन्जाबका लागि महंगो पर्यो । मुम्बईलाई दोहोरो सुपर ओभरमा हराएको पन्जाबले दिल्लीसँग सुपर ओभरमै हारेको थियो ।
पन्जाबले यो सिजनमा कुल तीन सुपर ओभर खेल्यो । क्रिस गेल, लोकेश राहुल, निकोलस पुरन, ग्लेन म्याक्सवेल र मोहम्मद शामी जस्ता विश्वस्तिरीय खेलाडी रहेको पन्जाबले प्ले अफमा स्थान बनाउन सक्ने अनुमान धेरैले गरेका थिए ।
पन्जाबले सुरुवाती दुई खेलमा त्यो सम्भावना पनि पस्केको थियो । तर अन्तिममा त्यसो हुन सकेन । समग्रमा पन्जाब जारी आइपिएलमा लिग चरणबाटै बाहिरिनुका प्रमुख चार कारण यस प्रकार छन् ।
४.म्याक्सवेलको खराब प्रर्दशन
पन्जाबले आफ्नो तल्लोक्रम ब्याटिङ बलियो बनाउननै अक्सनमा १० करोड ७५ लाख भारतीय रुपैयाँ म्याक्सवेललाई अनुबन्ध गरेको थियो । चर्को मूल्य खर्चिनुको प्रमुख कारण पनि तल्लोक्रम सुधार गर्नुनै थियो । तर म्याक्सवेलले ठ्याक्कै उल्टो प्रर्दशन गरे ।
म्याक्सवेलले खेलेका १३ खेल मध्य दुई खेलमा मात्रै तल्लोक्रममा राम्रो ब्याटिङ गर्दै जित दिलाएको भए पन्जाब प्ले अफमा पुग्न सक्थ्यो । म्याक्सवेलले १३ खेलमा कुल १ सय ८ रन बनाए । जसमा उच्च प्रर्दशन ३२ रन रह्यो ।
पन्जाबले सुरुवाती ७ खेल मध्य ६ खेलमा हार्दा दुई खेल जित नजिक पुगेर हारेको थियो । पहिलो खेलमा दिल्लीविरुद्ध पन्जाबलाई जितको लागि अन्तिम तीन बलमा एक रन चाहिँएको थियो । पन्जाबले एक रन बनाउन नसक्दा सुपर ओभरमा पुगेको थियो । उक्त खेलमा म्याक्सवेल १ रनमा आउट भएका थिए ।
कोलकातासँग पन्जाब २ रनले पराजित हुँदा अन्तिम २ ओभरमा २० रन चाहिँएको थियो । तर म्याक्सवेल क्रिजमा ५ बलमा १० रनमा अविजित थिए । म्याक्सवेलले जारी सिजनको कुनैपनि खेलमा आफ्नो स्वभाविक खेल खेल्न सकेनन् ।
मयंक र लोकेशले लगातार राम्रो सुरुवात दिदा तल्लोक्रम कमजोर रहि रह्यो । तल्लोक्रमको जिम्मेवारी म्याक्सवेलको काँधमा थियो । तर म्याक्सवेलले कुनैपनि खेलमा राम्रो प्रर्दशन गर्न सकेनन् । जसले गर्दा पन्जाब लिग चरणबाटै बाहिरिनु पर्यो ।
३.राहुल र अग्रवालमा बढी निर्भर
यो आइपिएलमा पन्जाबका दुई ओपनर मयंक अग्रवाल र लोकेश राहुलले उच्च प्रर्दशन गरे । राहुल ६ सय ७० रनका साथ शीर्ष स्थानमा रहे । अग्रवालले ४ सय २४ रन बनाए । दुवै खेलाडीको नाममा एक एक शतक सामेल छ ।
पन्जाबले सुरुवाती ७ खेल मध्य एक खेलको जित बेंगलोरविरुद्ध थियो । उक्त खेलमा पन्जाब ९७ रनको फराकिलो अन्तरले जितेको थियो । उक्त खेलमा राहुल १ सय ३२ रनमा अविजित रहँदा अग्रवालले २६ रन जोडेका थिए ।
अन्य ब्याट्सम्यानले २० रन पनि कटाउन सकेनन् । कोलकातासँग २ रनले पराजित हुँदा अग्रवाल र राहुलले १ सय १५ रनको साझेदारी गरेका थिए । राहुलले ७४ र अग्रवालले ५६ रन जोडेका थिए । तर अन्यले राम्रो प्रर्दशन गर्न नसक्दा पराजित हुन परेको थियो । यो एउटा उदाहरण मात्रै हो ।
निकोलस पुरले पुरै १४ खेल खेल्दा ३ सय ५३ रन बनाए । पछिल्ला सात खेल खेलेका गेलले २ सय ८८ रन बनाए । अन्य तीन ब्याट्सम्यानले मात्र एक सय रनको कुल आकडा पार गरेका छन् ।
दीपक हुडा १ सय १, मन्दीप सिंह १ सय ३० र म्याक्सवेलले १ सय ८ रन बनाउन बाहेक अन्य प्रर्दशन सम्झन लायक छैन ।
क्रिकेट टोलीको खेल हो । त्यसैले एक वा दुई खेलाडीको राम्रो प्रर्दशनले मात्र जित सम्भव हुँदैन । राहुल र अग्रवाललाई अन्य ब्याट्सम्यानले राम्रो साथ दिन्थें भने पन्जाबले सजिलै प्ले अफमा स्थान बनाउन सक्थ्यो ।
२. गेललाई खेलाउनमा ढिलाई
टि ट्वान्टी क्रिकेटका किंग अर्थात युनिभर्सल बोसको उपनामले परिचित वेस्टइन्डिजका आक्रामक ब्याट्सम्यान क्रिस गेललाई पन्जाबले सुरुवाती ७ खेलमा बेन्चमा राखेको थियो । उक्त सात खेल मध्य ६ खेल पन्जाबले हार्न पुग्यो । तर गेलले खेलेका ७ खेल मध्य पन्जाबले लगातार पाँच खेल जितेको थियो ।
गेलले प्रर्दशन पनि उच्च गरे । तर गेल सुरुवात देखिनै टोलीमा हुन्थे भने उक्त ६ हार मध्य केहि नतिजा पन्जाबको पक्षमा जान सक्थ्यो । गेलले अग्रवाल र राहुललाई राम्रो साथ दिदा मध्यक्रम बलियो देखिएको थियो । सुरुवात देखिनै पन्जाबको मध्यक्रम बलियो भएको भए सायद नतिजा अर्कै आउन सक्थ्यो ।
गेल राम्रो लयमा पनि देखिए । तर टोली सन्तुलको कारण सुरुवाती दुई तीव्र गतिका बलर खेलाउने निर्णय लिदा गेललाई बेन्चमा राखेको थियो । जुन निर्णय पन्जाबलाई भारी पर्न पुग्यो । गेल त्यस्ता आक्रामक ब्याट्सम्यान हुन् जुन मैदानमा हुँदा बलरलाई केहि दबाब महसुस हुने गर्दछ ।
१.कमजोर बलिङ
पन्जाब लिग चरणबाटै बाहिरिनुको अर्को कारण कमजोर तीब्र गतिका बलरको प्रर्दशन हो । तीव्र गतिका बलर मोहम्मद शामी बाहेक अन्यको प्रर्दशन कमजोर रह्यो । शामीले २० विकेट लिए । अर्शदीप सिंहले ८ खेलमा ९, शेल्डन कटरेलले ६ खेलमा ६, क्रिस जोर्डनले ९ खेलमा ९ र जेम्स निसमले ५ खेलमा २ विकेट लिए ।
स्पिनर रबि बिश्रोईले १२ र मुरुगन आश्विनले ९ खेलमा १० विकेट लिए । यस सिजनको आइपिएल सुरु हुनुअघि यूएईको पिचमा स्पिनर चम्कँने धेरैले अनुमान गरेका थिए । तर त्यसको विपरित तीव्र गतिका बलरहरुले उच्च प्रर्दशन गर्दै आएका छन् ।
तर पन्जाबका तीव्र गतिका बलरको शामी बाहेक अन्यको प्रर्दशन कमजोर छ । शामीले एक तर्फबाट राम्रो प्रर्दशन गर्दा अर्कोतर्फबाट साथ पाउन सकेनन् । क्रिकेटमा जितको लागि एक पक्षमात्र बलियो भएर हुँदैन । सबै पक्ष त्यतिनै उत्कृष्ट हुनुपर्छ ।
पन्जाबले २ सय २३ रन बनाएर पनि राजस्थानसँग ३ बल अगाडिनै ४ विकेटले पराजित हुन पुगेको थियो । यसबाट पन्जाबको बलिङको स्तर थाहा पाउन सकिन्छ । उक्त खेलमा शामीले ३ विकेट लिएका थिए । जसरी राहुल र अग्रवालले उत्कृष्ट ब्याटिङ गरे त्यसरीनै शामीलाई अन्य बलरले बलिङमा राम्रो साथ दिन्थें भने पन्जाब सहजै प्ले अफमा पुग्न सक्थ्यो ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]