default_image

4 years ago

November 1, 2020

मोर्गनको उत्कृष्ट ब्याटिङमा राजस्थानलाई विशाल लक्ष्य

96 views

0 Bookmark

एजेन्सी – कप्तान ओईन मोर्गनको उत्कृष्ट प्रर्दशनमा इन्डियन प्रिमियर लिग (आइपिएल) को ५४ औं खेलमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई १ सय ९२ रनको विशाल लक्ष्य दिएको छ ।

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ९१ रन बनायो । कोलकातालाई बलियो योगफलमा पुर्याउन कप्तान ओईन मोर्गनले ३५ बलमा ५ चौका र ६ छक्का सहित ६८ रनको अविजित कप्तानी इनिङ खेले ।

कोलकाताका ओपनर नितेश राणा जोफ्रा आर्चरको पहिलो ओभरको दोस्रो बलमै सन्जु स्यामसनबाट शून्यमा क्याच आउट भएका थिए । दोस्रो विकेटका लागि राहुल त्रिपाठी र सुभमन गिलले ८२ रनको साझेदारी गरेका थिए । स्पिनर राहुल टेवाटियाको नवौं ओभरको तेस्रो बलमा ठूलो सट खेलेका गिल मिडविकेटमा जस बटलरबाट ३६ रनका क्याच आउट हुन पुगेका थिए । गिलले २४ बलमा ६ चौका प्रहार गरे । अन्तिम बलमा ठूलो सट खेलेका सुनिल नारायण बेन स्टोक्सबाट क्याच हुँदै खाता नखोली पेभिलिएन फर्के ।

स्पिनर श्रेयस गोपालको १२ औं ओभरको अन्तिम बलमा त्रिपाठी रोबिन उथप्पाबाट ३९ रनमा क्याच आउट हुन पुगे । त्रिपाठीले ३४ बलमा ४ चौका र २ छक्का प्रहार गरे । टेवाटियाले १३ औं ओभरको तेस्रो बलमा दीनेश कार्तिकलाई कप्तान स्टिभ स्मिथबाट शून्यमा क्याच आउट गराए ।

त्यसपछि आन्द्रे रसेलले आक्रामक ब्याटिङ गरेका थिए । तर रसेलले क्रिजमा धेरै समय बिताउन सकेनन् । कार्तिक त्यागीको १६ औं ओभरको तेस्रो बलमा लगातार तीन छक्का प्रहार गर्ने धुनमा रसेल वैकल्पिक फिल्डर डेभिड मिलरबाट २५ रनमा समातिन पुगे । रसेलले ११ बलमा ३ छक्का र १ चौका प्रहार गरे । प्याट कमिन्स ११ बलमा १ छक्का सहित १५ रनमा क्याच आउट भए ।

स्पिनर राहुल टेवाटियाले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । जोफ्रा आर्चरले ४ ओभरमा १९ रन खर्चेर १ विकेट लिए । स्पिनर श्रेयस गोपालले ३ ओभरमा ४४ रन खर्चेर १ विकेट लिए । कार्तिक त्यागीले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.