default_image

4 years ago

November 1, 2020

चेन्नईसँग पराजित हुँदै पन्जाब बाहिरियो

118 views

0 Bookmark

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) मा किंग्स इलेभेन पन्जाब लिग चरणबाटै बाहिरिएको छ । आइतबार साँझ चेन्नई सुपर किंग्ससँग ९ विकेटले पराजित हुँदै पन्जाब जारी आइपिएलमा लिग चरणबाटै बाहिरिने दोस्रो टोली बनेको हो ।

चेन्नई यसअघि नै आइपिएल इतिहासमा पहिलो पटक लिग चरणबाट बाहिरिसकेको थियो । जितका लागि १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले १८.५ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्दै सुखद अन्त्य गरेको हो ।

युवा ब्याट्सम्यान रितुराज गायकवाड ४९ बलमा ६ चौका र १ छक्का सहित ६२ रनमा अविजित रहे । रितुराजको यो लगातार तेस्रो अर्ध शतक हो । अम्बाती रायुडु ३० बलमा २ चौका सहित ३० रनमा अविजित रहे । ओपनर फाफ डु प्लेसिस ३४ बलमा ४ चौका र २ छक्का सहित ४८ रनमा क्याच आउट भएका थिए ।

चेन्नईका ओपनर फाप डु प्लेसिस र रितुराज गायकवाडले पहिलो विकेटका लागि ९.५ ओभरमा ८२ रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । यी दुई ओपनरबीचको साझेदारी क्रिस जोर्डनले फाप डु प्लेसिसलाई कप्तान राहुलबाट क्याच गराउँदै तोडेका थिए ।

त्यसअघि शेख जायद स्टेडियम आबुधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५३ रन बनाएको थियो । दीपक हुडाले हुडा ३० बलमा ३ चौका र ४ छक्का सहित ६२ रनमा अविजित रहेपनि जितको लागि पर्याप्त रहेन । क्रिस जोर्डन ४ रनमा अविजित रहे ।

पन्जाबलाई ओपनर मयंक अग्रवाल र कप्तान लोकेश राहुलले राम्रो सुरुवात दिलाएका थिए । छैटौं ओभरको दोस्रो बलमा लुन्गी एनगिडीले अग्रवाललाई बोल्ड आउट गर्नुअघि ४८ रनको साझेदारी गरेका थिए । अग्रवालले १५ बलमा ५ चौका सहित २६ रनमा बोल्ड आउट भए । राहुललाई एनगिडीले नवौं ओभरको तेस्रो बलमा २९ रनमा बोल्ड आउट गरे ।

राहुलले २७ बलमा ३ चौका र १ छक्का प्रहार गरे । दुई ओभर पछि निकोलस पुरन २ रनमा क्याच आउट भएपछि पन्जाब समस्यामा परेको थियो । शार्दुल ठाकुरको ११ औं ओभरको चौथो बलमा पुरन धोनीबाट समातिन पुगेका थिए । पुरन आउट भएको अर्को ओभरमा अर्का प्रमुख ब्याट्सम्यान क्रिस गेल १२ रनमा एलबिडब्लू आउट भए । १९ बल खेलेका गेललाई इमरान ताहिरले १२ औं ओभरको पाँचौ बलमा एलबिडब्लू आउट गरेपछि चेन्नईले खेलमा पकड जमाएको थियो ।

पन्जाबका तल्लोक्रमका ब्याट्सम्यानले पनि ठूलो इनिङ खेल्न नसकेपछि मध्यम योगफलमा समेटिएको हो । १७ औं ओभरको दोस्रो बलमा मन्दीप सिंहलाई रविन्द्र जडेजाले १४ रनमा बोल्ड आउट गरे । मन्दीपले १५ बलमा १ चौका प्रहार गरे । जेम्स निसम २ रनमा क्याच आउट हुन पुगे । एनगिडीको बलमा ठूलो सट खेलेका निसम डीप मिडविकेटमा रितुराज गायकवाडले उत्कृष्ट क्याच लिएका थिए ।

चेन्नईका तीव्र गतिका बलर लुन्गी एनगिडीले ४ ओभरमा ३९ रन खर्चेर ३ विकेट लिए । इमरान ताहिरले ४ ओभरमा २४ रन खर्चेर १ विकेट लिए । रविन्द्र जडेजाले ३ ओभरमा १७ रन खर्चेर १ विकेट लिए । शार्दुल ठाकुरको नाममा एक विकेट रह्यो । मुम्बई शीर्षस्थानमा रहँदै प्ले अफमा पुगेको छ । चेन्नई र पन्जाब बाहेक अन्य पाँच टोली मध्य तीन टोलीले प्ले अफमा स्थान बनाउने छन् ।

आइपिएलको अंक तालिका

मुम्बई १३ खेलमा ९ मा जित र ४ मा हार सहित १८ अंकका साथ शीर्षस्थानमा छ । रोयल च्यालेन्जर्स बेंगलोर १३ खेलमा ७ मा जित र ६ मा हार सहित १४ अंक जोड्दै दोस्रो स्थानमा छ । दिल्ली १३ खेलमा ७ मा जित र ६ मा हार सहित १४ अंकका साथ तेस्रो स्थानमा छ । हैदराबाद १३ खेलमा ७ मा हार र ६ मा जित सहित १२ अंकका साथ चौथो स्थानमा उक्लिएको छ ।

किंग्स इलेभेन पन्जाब १४ खेलमा ६ मा जित र ८ मा हार सहित १२ अंकका साथ पाँचौ स्थानमा रहँदै बाहिरिएको छ । राजस्थान १३ खेलमा ६ मा जित र ७ मा हार बेहोर्दै १२ अंकका साथ छैटौं स्थानमा छ । चेन्नई १४ खेलमा ६ मा जित र ८ मा हार सहित १२ अंकका साथ सातौं स्थानमा रहेर बाहिरिएको छ । कोलकाता १३ खेलमा ७ मा हार र ६ मा जित सहित १२ अंकका पुछारमा रहेको छ ।

January 9, 2025

आर्मी र बागमती फेरि बराबरीमा रोकिए

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशले जय ट्रफी मेन्स एलिट कपमा फेरि बराबरी खेलेका छन् । बागमतीको ब्याटिङ जारी रहँदा अन्तिम दिन बिहीबारको खेल समाप्ति भएसँगै खेल बराबरीमा सकिएको हो । २ सय ४ रनको लक्ष्य पछ्याएको बागमतीले ८० रनमा ५ विकेट गुमाएको अवस्थामा दिनको समाप्ति भएसँगै दुवै टोलीले बोनस […]

January 9, 2025

कुशलको अलराउण्ड प्रदर्शनमा पुलिसको जित

काठमाडौं(हाम्रो खेलकुद) – कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनमा विभागीय टोली नेपाल पुलिस क्लबले जय ट्रफी मेन्स एलिट कपमा पहिलो जित हासिल गरेको छ । पुलिसले बिहीवार सकिएको खेलमा मधेश प्रदेशलाई एक इनिङ्स ३५ रनले हराएको छ। वीरगंजमा भएको प्रतियोगिताको तेस्रो खेलमा पहिलो इनिङमा पुलिसले १ सय २९ रनको अग्रता लिएको थियो । मधेश दोस्रो इनिङ्समा ९४ […]

January 8, 2025

पिएसएल ड्राफ्टमा ६ नेपाली खेलाडी

काठमाडौं(हाम्रो खेलकुद) – पाकिस्तान सुपर लिग (पिएसएल) २०२५ को ड्राफ्टमा नेपालका ६ खेलाडी परेका छन् । पाकिस्तान सुपर लिगले बुधवार जारी गरेको सिल्भर समूहको सुचीमा नेपालका ६ खेलाडी समावेश गरिएका हुन् । ड्राफ्टमा परेका नेपाली खेलाडीमा आसिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, गुलशनकुमार झा र सोमपाल कामी छन् । पिएसएलको खेलाडी ड्राफ्टबाट छनोट […]

Success

Thank you for your time.