4 years ago
November 1, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ५४ औं खेलमा कोलकाता नाइट राइडर्सविरुद्ध राजस्थान रोयल्सले पहिला बलिङ गर्ने भएको छ ।
दुबई इन्टरनेशलन क्रिकेट स्टेडियममा राजस्थानका कप्तान स्टिभ स्मिथले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । राजस्थानले आज टोलीमा परिवर्तन गरेको छैन । कोलकाताले आज दुई परिवर्तन गरेको छ । यसअघि घाइते आन्द्रे रसेल आज टोलीमा फर्किदा तीव्र गतिका बलर लोकी फर्गुसनलाई बेन्चमा राखेको छ ।
त्यस्तै रिंकु सिंहलाई बेन्चमा राख्दै शिवम माभीलाई खेलाएको छ । दुबै टोलीलाई प्ले अफमा पुग्ने अंक गणीतिय सम्भावना कायमै राख्न जित्नै पर्ने हुन्छ । अन्तिम चारमा रहेर प्ले अफ खेल्न यी दुबै टोलीलाई आजको खेलमा फराकिलो जित निकाल्नुपर्ने हुन्छ । विजेता टोली फराकिलो जितले मात्र प्ले अफमा पुग्न सक्दैन । अन्य टोलीको नतिजामा निर्भर रहुनुपर्छ ।
राजस्थानको प्लेइङ ११ – जस बटलर (विकेटकिपर), रोबिन उथप्पा, स्टिभ स्मिथ (कप्तान), सन्जु स्यामसन, रियान पराग, राहुल टेवाटिया, जोफ्रा आर्चर, कार्तिक त्यागि, श्रेयस गोपाल, बरुन आरोन र बेन स्टोक्स
कोलकाता प्लेइङ ११ – आन्द्रे रसेल , सुभमन गिल, नितेश राणा, ओईन मोर्गन (कप्तान), सुनिल नारायण , दिनेश कार्तिक (विकेटकिपर), शिवम माभी, प्याट कमिन्स, राहुल त्रिपाठ्ठी, वरुण चकबर्ती र कमलेश नगरकोटी
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]