4 years ago
November 1, 2020
एजेन्सी – अलराउन्डर इफ्तिखर अहमदको उत्कृष्ट बलिङ र कप्तान बाबर आजमको अविजित अर्धशतकको सहयोगमा घरेलु टोली पाकिस्तानले जिम्बावेसँगको तीन खेलको ओडिआईको सिरिज एक खेल अगावै जितेको छ । आइतबार दोस्रो खेलमा जिम्बावेलाई ६ विकेटले पराजित गर्दै पाकिस्तानले सिरिज जितेको हो ।
जितका लागि २ सय ७ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली पाकिस्तानले ३५.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । पाकिस्तानको जितमा कप्तान बाबर आजम ७४ बलमा ७ चौका र २ छक्का सहित ७७ रनमा अविजित रहे । इफ्तिखर २४ बलमा १ चौका सहित १६ रनमा अविजित रहे ।
पाकिस्तानलाई ओपनर इमाम उल हक र आविद अलीले १०.१ ओभरमा ६८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । टेन्डाई चिसोरोले अलीलाई २२ रनमा क्याच गराउँदै साझेदारी तोडेका थिए । अलीले २४ बलमा ४ चौका प्रहार गरे । अर्का ओपनर इमाम ६१ बलमा ५ चौका सहित ४९ रनमा क्याच आउट भए ।
डेब्यू खेल खेलेका युवा ब्याट्सम्यान हैदर अली २४ बलमा १ चौका र २ छक्का सहित २९ रनमा एलबिडब्लू आउट भए । हैदरलाई सेन विलियम्सले आउट गरेका थिए । मोहम्मद रिजवानलाई सिकन्दर राजाले १ रनमा बोल्ड आउट गरे । जिम्बावेका टेन्डाई चिसोरोले १० ओभरमा ४९ रन खर्चेर २ विकेट लिए । सिकन्दर राजा र सेन विलियम्सको नाममा एक एक विकेट रह्यो ।
त्यसअघि रावलपिन्डी क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ थालेको जिम्बावे ४५.१ ओभरमा २ सय ६ रनमा अल आउट भएको थियो । जिम्बावेका सेन विलियम्सले सर्वाधिक ७५ रनको योगदान दिएपनि जितको लागि पर्याप्त रहेन । अफ्तिखरले शाहिन अफ्रिदीबाट क्याच आउट गराउनुअघि विलियम्सले ७० बलमा १० चौका र १ छक्का प्रहार गरे ।
ब्रेन्डन टेलरले ४५ बलमा ३ चौका र २ छक्का सहित ३६ रनमा क्याच आउट भए । ओपनर ब्रायन चारी २६, मुर्जाबानी १७, कार्ल मुम्बा ११ र वेस्ली मेधेभरेले १० रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।
पकिस्तानका स्पिनर इफ्तिखर अहमदले १० ओभरमा २ मेडन सहित ४० रन खर्चेर ५ विकेट लिए । डेब्यू खेल खेलेका तीव्र गतिका बलर मुहम्मद मुसाले २, हरिस रौफ, फहिम अशरफ र इमान वासिमले एक एक विकेट लिए । यसअघि पहिलो खेलमा पाकिस्तान २६ रनले विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल मंगलबार हुने छ ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]