4 years ago
November 1, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ५३ औं खेलमा किंग्स इलेभेन पन्जाबले चेन्नई सुपर किंग्सलाई १ सय ५४ रनको मध्यम लक्ष्य दिएको छ ।
शेख जायद स्टेडियम आबुधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५३ रन बनायो । पन्जाबलाई मध्यम योगफलसम्म पुर्याउन दीपक हुडाले उत्कृष्ट अविजित अर्ध शतकीय इनिङ खेले । हुडा ३० बलमा ३ चौका र ४ छक्का सहित ६२ रनमा अविजित रहे । क्रिस जोर्डन ४ रनमा अविजित रहे ।
पन्जाबलाई ओपनर मयंक अग्रवाल र कप्तान लोकेश राहुलले राम्रो सुरुवात दिलाएका थिए । छैटौं ओभरको दोस्रो बलमा लुन्गी एनगिडीले अग्रवाललाई बोल्ड आउट गर्नुअघि ४८ रनको साझेदारी गरेका थिए । अग्रवालले १५ बलमा ५ चौका सहित २६ रनमा बोल्ड आउट भए । राहुललाई एनगिडीले नवौं ओभरको तेस्रो बलमा २९ रनमा बोल्ड आउट गरे ।
राहुलले २७ बलमा ३ चौका र १ छक्का प्रहार गरे । दुई ओभर पछि निकोलस पुरन २ रनमा क्याच आउट भएपछि पन्जाब समस्यामा परेको थियो । शार्दुल ठाकुरको ११ औं ओभरको चौथो बलमा पुरन धोनीबाट समातिन पुगेका थिए । पुरन आउट भएको अर्को ओभरमा अर्का प्रमुख ब्याट्सम्यान क्रिस गेल १२ रनमा एलबिडब्लू आउट भए । १९ बल खेलेका गेललाई इमरान ताहिरले १२ औं ओभरको पाँचौ बलमा एलबिडब्लू आउट गरेपछि चेन्नईले खेलमा पकड जमाएको थियो ।
पन्जाबका तल्लोक्रमका ब्याट्सम्यानले पनि ठूलो इनिङ खेल्न नसकेपछि मध्यम योगफलमा समेटिएको हो । १७ औं ओभरको दोस्रो बलमा मन्दीप सिंहलाई रविन्द्र जडेजाले १४ रनमा बोल्ड आउट गरे । मन्दीपले १५ बलमा १ चौका प्रहार गरे । जेम्स निसम २ रनमा क्याच आउट हुन पुगे । एनगिडीको बलमा ठूलो सट खेलेका निसम डीप मिडविकेटमा रितुराज गायकवाडले उत्कृष्ट क्याच लिएका थिए ।
चेन्नईका तीव्र गतिका बलर लुन्गी एनगिडीले ४ ओभरमा ३९ रन खर्चेर ३ विकेट लिए । इमरान ताहिरले ४ ओभरमा २४ रन खर्चेर १ विकेट लिए । रविन्द्र जडेजाले ३ ओभरमा १७ रन खर्चेर १ विकेट लिए । शार्दुल ठाकुरको नाममा एक विकेट रह्यो ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]