4 years ago
November 1, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ५३ औं खेलमा आज चेन्नई सुपर किंग्सले किंग्स इलेभेन पन्जाबविरुद्ध पहिला बलिङ गर्ने भएको छ ।
शेख जायद स्टेडियम आबूधाबीमा चेन्नईका कप्तान महेन्द्रसिंह धोनीले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । पन्जाबले आज टोलीमा दुई परिवर्तन गरेको छ । ग्लेन म्याक्सवेलको स्थानमा जेम्श निसम र अर्शदिपको स्थानमा मयंक अग्रवाल लाई मौका दिएको छ । चेन्नईले तीन परिवर्तन गरेको छ । इमरान ताहिर, शार्दुल ठाकुर र फाफ डु प्लेसिसलाइ मौका दिएको छ । करण शर्मा, शेन वाटसन र मिचेल सान्टनरलाई बेन्चमा राखेको छ ।
दुवै टोलीले लिग चरणको अन्तिम खेल खेल्दै छन् । चेन्नई यस अघिनै प्रतियोगिताबाट बाहिरि सकेको छ । चेन्नई आजको खेलमा जित निकाल्दै सुखद अन्त्य गर्न चाहन्छ । चेन्नई १३ खेलमा ८ मा हार र ५ मा जित सहित पुछारमा छ । चेन्नई पन्जाबको प्ले अफको आशामा पूर्णविराम लगाउन खोज्ने छ ।
यता १३ खेलमा ६ म जित र ७ मा हार सहित पाँचौं स्थानमा रहेको पन्जाबलाई आजको खेलमा जित निकल्नै पर्ने हुन्छ । पन्जाब पराजित भएमा लिग चरणबाट चेन्नईसँगै बाहिरिने छ । पन्जाबलाई फराकिलो जितको आवश्यक पर्ने छ । एक टोली १४ अंकका साथ प्ले अफमा पुग्ने समिकरण बन्दा पन्जाब १४ अंक सहित आफ्नो नेटरनेटलाई पनि बलियो पार्नुपर्ने हुन्छ । यसअघि लिग चरणको खेलमा चेन्नईले पन्जाबलाई १० विकेटले हराएको थियो ।
पन्जाबको प्लेइङ ११ : लोकेश राहुल (कप्तान तथा विकेटकिपर), मन्दीप सिंह, क्रिस गेल, निकोलस पुरन, जेम्श निसम , दीपक हुडा, क्रिस जोर्डन, मुरुगन आश्विन, रबि बिश्रोई, मोहम्मद शामी र मयंक अग्रवाल ।
चेन्नई प्लेइङ ११ : अम्बाती रायुडू, फाफ डु प्लेसिस, लुन्गी एनगिडी, शार्दुल ठाकुर, रितुराज गायकवाड, महेन्द्र सिंह धोनी (कप्तान तथा विकेटकिपर), रविन्द्र जडेजा, साम करन, दीपक चहर, नारायण जगदिशन र इमरान ताहिर
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]