4 years ago
November 1, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ५४ औं खेलमा आज कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७:४५ पछि दुबई इन्टरनेशलन क्रिकेट स्टेडियममा सुरु हुनेछ ।
दुबै टोलीलाई प्ले अफमा पुग्ने अंक गणीतिय सम्भावना कायमै राख्न जित्नै पर्ने हुन्छ । समान १३ खेलमा १२–१२ अंकका साथ राजस्थान छैटौं र कोलकाता सातौं स्थानमा छन् । अन्तिम चारमा रहेर प्ले अफ खेल्न यी दुबै टोलीलाई आजको खेलमा फराकिलो जित निकाल्नुपर्ने हुन्छ । विजेता टोली फराकिलो जितले मात्र प्ले अफमा पुग्न सक्दैन । अन्य टोलीको नतिजामा निर्भर रहुनुपर्छ ।
आज हुने पहिलो खेलमा किंग्स इलेभेन पन्जाब चेन्नईसुपर किंग्स र मंगलबार सनराइजर्स हैदराबाद मुम्बई इन्डियन्ससँग पराजित भएमा आजको विजेतालाई प्ले अफमा पुग्न सहज हुने छ ।
कोलकाता, राजस्थान, पन्जाब र हैदराबाद चारै टोलीको समान १२ अंक छ । बेंगलोर र दिल्लीको १४– १४ अंक छ । जसमा दुई टोली १४ अंकका साथ प्ले अफमा पुग्ने समिकरण बनेको छ । त्यसैले प्ले अफ नेटरनरेटले निर्धारण गर्ने देखिन्छ । कोलकाता र राजस्थानको नेटरननेट क्रमश : –०.४६७ र –०.३७७ छ । जसले गर्दा फराकिलो जित आवश्यक देखिन्छ । झिनो जितले प्ले अफमा पुग्न अन्य टोलीको नजिता आफू अनुकुल आउनुपर्ने हुन्छ । आजको जितेजाले मंगलबार मुम्बई र हैदराबादको नतिजा पर्खनुपर्ने हुन्छ ।
राजस्थानले पछिल्लो खेलमा पन्जाबलाई ७ विकेटले पराजित गरेको थियो । १ सय ८६ रनको विजयी लक्ष्य १७.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्दै प्ले अफको आशा कायमै राखेको थियो । राजस्थानका अलराउन्डर बेन स्टोक्स लयमा फर्किएका छन् । मुम्बई इन्डियन्सलाई हराउन शतक र पन्जाबविरुद्ध जित निकाल्न आक्रामक अर्धशतक प्रहार गरेका थिए ।
स्टोक्सको प्रर्दशन राजस्थानलाई निकै महत्वपूर्ण हुने छ । त्यस्तै सन्जु स्यामसनले पनि पछिल्लो दुई खेलमा उत्कृष्ट प्रर्दशन गरेका थिए । रोविन उथप्पा, स्टिभ स्मिथ र जस बटलरले पनि औसत प्रर्दशन गरेको हुँदा राजस्थान बलियो देखिएको छ ।
बलिङमा जोफ्रा आर्चरले निरन्तर उच्च प्रर्दशन गर्दा अन्य बलरको राम्रो साथ पाउन सकेका छैनन् । आर्चरलाई अन्य बलरले राम्रो साथ दिन आवश्यक देखिन्छ । कोलकाता पछिल्लो खेलमा चेन्नईसँग ६ विकेटले पराजित भएको थियो । पछिल्ला दुई खेलमा नितेश राणाको प्रर्दशन राम्रो छ । ओपनर सुभमन गिल, कप्तान ओईन मोर्गन र दीनेश कार्तिकलाई उच्च प्रर्दशन गर्न आवश्यक देखिन्छ । घाइते आन्द्रे रसेल टोलीमा उपलब्ध हुने सम्भावना न्यून छ । प्याट कमिन्स र लोकी फर्गुसनले उच्च प्रर्दशन गर्नुपर्ने हुन्छ ।
अंक तालिका
मुम्बई १३ खेलमा ९ मा जित र ४ मा हार सहित १८ अंकका साथ शीर्षस्थानमा छ । रोयल च्यालेन्जर्स बेंगलोर १३ खेलमा ७ मा जित र ६ मा हार सहित १४ अंक जोड्दै दोस्रो स्थानमा छ । दिल्ली १३ खेलमा ७ मा जित र ६ मा हार सहित १४ अंकका साथ तेस्रो स्थानमा छ । हैदराबाद १३ खेलमा ७ मा हार र ६ मा जित सहित १२ अंकका साथ चौथो स्थानमा उक्लिएको छ ।
किंग्स इलेभेन पन्जाब १३ खेलमा ६ मा जित र ७ मा हार सहित १२ अंकका साथ पाँचौ स्थानमा छ । राजस्थान १३ खेलमा ६ मा जित र ७ मा हार बेहोर्दै १२ अंकका साथ छैटौं स्थानमा छ । कोलकाता १३ खेलमा ७ मा हार र ६ मा जित सहित १२ अंकका साथ सातौं स्थानमा छ । चेन्नई १३ खेलमा ५ मा जित र ८ मा हार सहित १० अंक जोड्दै पुछारमा छ ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]