default_image

4 years ago

October 31, 2020

लज्जास्पद हारसँगै दिल्लीको प्लेअफ सम्भावना कठिन

133 views

0 Bookmark

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) मा २०२० मा साविक विजेता मुम्बई इन्डियन्स क्वालिफायरमा पुगेको छ । शनिबार साँझ दिल्ली क्यापिटल्सलाई ९ विकेटले हराउँदै मुम्बईले क्वालिफायरमा आफ्नो स्थान पक्का गराएको हो ।

जितका लागि १ सय ११ रनको सामान्य लक्ष्य पछ्याएको मुम्बईले १४.२ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो । मुम्बईको सानदार जितमा ओपनर ईशान किशन ४७ बलमा ८ चौका र ३ छक्का सहित ७२ रनमा अविजित रहे । सूर्यकुमार यादव ११ बलमा १ छक्का सहित १२ रनमा अविजित रहे । नोर्कियालाई छक्का प्रहार गर्दै किशनले मुम्बईलाई जित दिलाएका थिए ।

मुम्बईका ओपनर किशन र क्विन्टन डी ककले १०.२ ओभरमा ६८ रनको साझेदारी गर्दै सहज जित नजिक पुर्याएका थिए । एनरिच नोर्कियाले बोल्ड आउट गुर्नअघि डी ककले २८ बलमा २ चौका सहित २६ रनको योगदान दिए ।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १० रन बनाएको थियो । दिल्लीका कुनैपनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । दिल्लीले पहिलो ओभरको तेस्रो बलमा ओपनर शिखर धवनलाई शून्यमा गुमाएको थियो । धवन ट्रेन्ट बोल्टको बलमा सूर्यकुमार यादवबाट क्याच आउट हुन पुगेका थिए ।

बोल्टलेनै तेस्रो ओभरको अन्तिम बलमा अर्का ओपनर पृथ्वी शालाई १० रनमा विकेटकिपर क्विन्टन डी ककबाट क्याच आउट गराउँदै दोस्रो सफलता दिलाए । स्पिनर राहुल चहरको ११ औं ओभरको दोस्रो बलमा कप्तान श्रेयस ऐर २५ रनमा स्टम्पिङ आउट भए । ऐरले २९ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

१२ औं ओभरको पहिलो बलमा जस्प्रित बुमराहले मार्कस स्टोइनिसलाई २ रनमा डी ककबाट क्याच आउट गराए । दुई बलपछि ऋषभ पन्त २१ रनमा एलबिडब्लू आउट हुँदा दिल्ली ६२–५ को कमजोर अवस्थामा पुगेको थियो । पन्तले २४ बलमा २ चौका प्रहार गरे । बुमराहलेनै १४ औं ओभरको अन्तिम बलमा हर्षल पटेललाई ५ रनमा एलबिडब्लू आउट गरे ।

नाथन कुल्टर नाइलको १६ औं ओभरको दोस्रो बलमा ठूलो सट खेलेका शिम्रन हेटमायर क्रुनाल पान्ड्याबाट ११ रनमा क्याच आउट भएपछि दिल्लीबाट ठूलो योगफलको सम्भावना टाढिएको थियो ।

तल्लोक्रममा रविचन्द्रन आश्विन १२, कागिसो रबाडा १२ र प्रविन दुबेले ७ रन जोडे । मुम्बईका जस्प्रित बुमराहले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । ट्रेन्ट बोल्टले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । नाथन कुल्टर नाइल र राहुल चहरको नाममा एक एक विकेट रह्यो ।

दिल्लीले अव लिग चरणको अन्तिम खेल आगमी सोमवार रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्ने छ । दिल्लीलाई प्ले अफमा पुग्न बेंगलोरविरुद्ध जित्नै पर्ने हुन्छ । दिल्लीको यो लगातार चौथो हार हो । अन्तिम खेलमा पराजित भएमा नेट रनरेटमा निर्भर रहनुपर्ने हुन्छ । मुम्बईले आफ्नो लिग चरणको अन्तिम खेल मंगलबार सनराइजर्स हैदराबादविरुद्ध खेल्ने छ । शीर्षस्थानको मुम्बईको यो जितसँगै क्वालिफायरमा स्थान पक्का बनेको हो ।

आइपिएलको अंक तालिका

मुम्बई १३ खेलमा ९ मा जित र ४ मा हार सहित १८ अंकका साथ शीर्षस्थानमा छ । रोयल च्यालेन्जर्स बेंगलोर १२ खेलमा ७ मा जित र ५ मा हार सहित १४ अंक जोड्दै दोस्रो स्थानमा छ । दिल्ली १३ खेलमा ७ मा जित र ६ मा हार सहित १४ अंकका साथ तेस्रो स्थानमा छ । किंग्स इलेभेन पन्जाब १३ खेलमा ६ मा जित र ७ मा हार सहित १२ अंकका साथ चौथो स्थानमा छ ।

राजस्थान १३ खेलमा ६ मा जित र ७ मा हार बेहोर्दै १२ अंकका साथ पाँचौ स्थानमा छ । कोलकाता १३ खेलमा ७ मा हार र ६ मा जित सहित १२ अंकका साथ छैटौं स्थानमा छ । हैदराबाद १२ खेलमा ७ मा हार र ५ मा जित सहित १० अंकका साथ सातौं स्थानमा छ । चेन्नई १३ खेलमा ५ मा जित र ८ मा हार सहित १० अंक जोड्दै पुछारमा छ ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.