4 years ago
October 31, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ५१ औं खेलमा दिल्ली क्यापिटल्सविरुद्ध मुम्बई इन्डियन्सले पहिला बलिङ गर्ने भएको छ ।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा मुम्बईका कार्यवाहक कप्तान काइरन पोलार्डले टस जित्दै पहिला बलिङ गर्ने निर्णण् लिएका हुन् । मुम्बईले आज टोलीमा दुई परिवर्तन गरेको छ । अलराउन्डर हार्दिक पान्ड्यालाई आजको खेलमा विश्राम दिएको छ । जयन्त यादवलाई आजको खेलमा मौका दिएको छ । त्यस्तै जेम्स प्याटिन्सनको स्थानमा नाथन कुल्टर नाइललाई मौका दिएको छ ।
दिल्लीले आज टोलीमा तीन परिवर्तन गरेको छ । दिल्ली आज युवा लेगस्पिनर प्रविन दुवेलाई डेब्यु गराएको छ । अजिंक्या रहाणेको स्थानमा पृथ्वी शालाई मौका दिएको छ । तुषार देशपान्डेको स्थानमा हर्षल पटेललाई मौका दिएको छ । दुबेको डेब्युको दिल्लीको स्पिन आक्रामण बलियो बनेको छ । दुबेलाई डेब्यु गराउँदा अक्षर पटेललाई बेन्चमा राखेको छ ।
मुम्बई आजको खेलमा विजयी भए क्वालिफायर र दिल्ली विजयी भए प्लेअफमा स्थान पक्का गर्ने छन् । मुम्बई १२ खेलमा ८ मा जित र ४ मा हार सहित १६ अंकका साथ शीर्षस्थानमा छ । दिल्ली १२ खेलमा ७ मा जित र ५ मा हार सहित १४ अंक जोड्दै तेस्रो स्थानमा छ । आइपिएलमा यी दुई टोलीबीच कुल २५ खेल भएको छ । जसमा मुम्बई १३ खेलमा विजयी हुँदा १२ खेलमा पराजित भएको छ ।
मुम्बईको प्लेइङ ११ – काइरन पोलार्ड (कप्तान) क्विन्टन डी कक (विकेटकिपर), सूर्यकुमार यादव, ईशान किशन, क्रुनाल पान्ड्या, जयन्त यादव, सौरभ तिवारी , नाथन कुल्टर नाइल, राहुल चहर, ट्रेन्ट बोल्ट र जस्प्रित बुमराह
दिल्लीको प्लेइङ ११ – पृथ्वी शा, शिखर धवन, ऋषभ पन्त (विकेटकिपर), श्रेयस ऐर (कप्तान), शिम्रन हेटमायर, मार्कस स्टोइनिस, रविचन्द्रन आश्विन, प्रविन दुबे, कागिसो रबाडा, एनरिच नोर्किया र हर्षल पटेल ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]