default_image

4 years ago

October 31, 2020

आइपिएल प्लेफ : अझै ६ टोलीको सम्भावना

106 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को लिग चरणका अब बाँकी ६ खेल छन् । आइपिएलका लिग चरणका ५० खेल सकिँदा मुम्बई इन्डिन्सले शीर्षस्थानका साथ प्लेअफमा स्थान बनाइसकेको छ । चेन्नई सुपर किंग्स पुछारमा रहँदै बाहिरिसकेको छ ।

तीन प्ले अफमा स्थान बनाउन ६ टोलीबीच दौडधुप छ । लिग चरणमा बाँकी ६ खेलले ६ टोलीको आइपिएलमा भविष्य निर्धारण गर्नेछ । उक्त ६ खेलबाट तीन टोलीले प्ले अफमा स्थान बनाउँदा तीन टोली लिग चरणबाट बाहिरिने छन् । अंक तालिकामा शीर्ष दुई रहने टोली क्वालिफार खेल्न पाउने छन् । तेस्रो र चौथो स्थानमा रहने टोलीबीच एलिमिनेटर हुने छ ।

मुम्बईले शीर्ष दुईमा अन्त्य गर्ने बलियो सम्भावना छ । शीर्ष दुईमा बेंगलोर र दिल्ली मध्य एकले अन्त्य गर्ने सम्भावना छ । शीर्ष दुईमा अन्त्य गर्दै क्वालिफयार खेल्न मुम्बई, बेंगलोर र दिल्लीबीच प्रतिस्पर्धा रहेको छ । कम्तिमा एक टोली १४ अंकका साथ अन्तिम चारमा रहेर प्ले फमा पुग्ने समिकरण बनेको छ ।

दिल्ली र बेंगलोरलाई सोझै प्ले अफमा पुग्ने अवसर छ । अन्य टोलीलाई भन्दा प्ले अफमा स्थान बनाउन यी दुई टोलीलाई सहज समिकरण छ । तर बाँकी दुबै खेल हारेको खण्डमा यी दुई टोली मध्य एक अविश्वसनिय रुपमा लिग चरणबाटै बाहिरिन पनि सक्छन् । चेन्नई प्ले अफ दौडबाट बाहिरिसकेको छ ।

अन्य चार टोलीलाई बाँकी सबै खेलमा जितले मात्रै पुग्दैन । अन्य टोलीको नतिजा र नेटरनरेटले प्ले अफ निर्धारण गर्ने छ । प्ले अफ समिकरण यतिसम्म रोचक बनेको छ कि लिग चरणको अन्तिम खेलले अन्तिम चारमा स्थान बनाउने टोलीको टुङ्गो लगाउने छ ।

मुम्बई १२ खेलमा ८ मा जित र ४ मा हार सहित १६ अंकका साथ शीर्षस्थानमा रहँदै प्ले अफमा पुगिसकेको छ । रोयल च्यालेन्जर्स बेंगलोर १२ खेलमा ७ मा जित र ५ मा हार सहित १४ अंक जोड्दै दोस्रो स्थानमा छ । दिल्ली १२ खेलमा ७ मा जित र ५ मा हार सहित १४ अंक भएपनि नेटरनरेटको आधारमा तेस्रो स्थानमा छ । किंग्स इलेभेन पन्जाब १३ खेलमा ६ मा जित र ७ मा हार सहित १२ अंकका साथ चौथो स्थानमा छ ।

राजस्थान १३ खेलमा ६ मा जित र ७ मा हार बेहोर्दै १२ अंकका साथ पाँचौ स्थानमा छ । कोलकाता १३ खेलमा ७ मा हार र ६ मा जित सहित छैटौं स्थानमा छ । हैदराबाद १२ खेलमा ७ मा हार र ५ मा जित सहित १० अंकका साथ सातौं स्थानमा छ । चेन्नई १३ खेलमा ५ मा जित र ८ मा हार सहित १० अंक जोड्दै पुछारमा छ ।

६ टोलीको प्ले अफ समीकरण र सम्भावना यस प्रकार छ:

दिल्ली क्यापिटल्स

दिल्ली १४ अंक र ०.०३ नेटरनरेटका साथ तेस्रो स्थानमा छ । दिल्ली पछिल्ला तीन खेलमा लगातार पराजित भएको छ । दिल्लीलाई प्ले अफमा स्थान बनाउन दुई अंकको आवश्यक छ । दिल्ली बाँकी दुई खेल मध्य एकमा विजयी भए १६ अंकका साथ प्ले अफमा पुग्ने छ । दिल्लीले अब शनिबार मुम्बई र सोमबार बेंगलोरसँग खेल्नेछ ।

यी दुबै खेलमा विजयी भएको खण्डमा दिल्ली शीर्ष दुईमा रहेर क्वालिफायर खेल्नेछ । तर बाँकी दुबै खेलमा पराजित भएमा दिल्लीलाई प्ले अफमा स्थान बनाउन कठिन पर्ने छ । अन्य टोलीको नजितामा निर्भर रहनुपर्छ । बेंगलोर बाहेक अन्य प्ले अफमा स्थान बनाउन दौडमा रहेका चार टोली सबै खेलमा विजयी भएमा १४–१४ अंक मात्रै हुने छ । जसले गर्दा नेटरनरेटले निर्धारण गर्ने छ ।

रोयल च्यालेन्जर्स बेंगलोर

बेंगलोर अंक तालिकामा १४ अंकका साथ दोस्रो स्थानमा छ । नेटरनरेट ०.०४८ छ । बेंगलोरले बाँकी दुई मध्य एक खेलमा जित निकालेको खण्डमा सोझैं प्ले अफमा पुग्ने छ । दुबै खेलमा जित निकाले शीर्ष दुईमा रहँदै क्वालिफायर खेल्ने छ ।

बेंगलोरले शनिबार हैदराबाद र सोमबार दिल्लीसँग खेल्ने छ । दिल्ली र बेंगलोरबीचको विजेता क्वालिफायरमा पुग्ने छ । बेंगलोर दुबै खेलमा पराजित भएको खण्डमा भने नेट रनरेटमै निर्भर रहुपर्ने हुन्छ ।

किंग्स इलेभेन पन्जाब

कमजोर सुरुवात गरेको पन्जाबले उत्कृष्ट पूनरागमन सहित लगातार पाँच जित निकालेपछि प्ले अफको आशा कायमै राखेको छ । पन्जाबको १२ अंक रहँदा नेट रनरेट –१३३ छ । पन्जाबले अन्तिम खेल चेन्नई सुपर किंग्ससँग खेल्नेछ । उक्त खेलमा फराकिलो जित निकालेर मात्रै पन्जाब प्ले फमा पुग्न सक्दैन ।

राजस्थान र हैदराबाद पनि पराजित हुनुपर्छ । हैदराबाद र राजस्थान बाँकी खेलमा झिनो अन्तरले विजयी भए १४ अंक भएपनि नेट रनरेटमा अघि रहँदै अन्तिम चारमा रहेर प्ले अफमा स्थान बनाउन सक्छ ।

राजस्थान रोयल्स

राजस्थानले एक खेल खेल्न बाँकी रहँदा १२ अंकका साथ पाँचौं स्थानमा छ । नेटरनरेट राजस्थानको –०.३७७ रहेको छ । राजस्थानले अन्तिम खेल शनिबार कोलकातासँग खेल्नेछ । उक्त खेलमा राजस्थान फराकिलो अन्तरले विजयी हुनुपर्छ । अन्य खेलमा हैदराबाद र पन्जाब पराजित भए अन्तिम चारमा रहेर प्ले अफमा स्थान बनाउन सक्छ । पराजित भएमा स्वतः बाहिरिने छ ।

कोलकाता नाइट राइडर्स

कोलकाता १२ अंकका साथ छैटौं स्थानमा छ । नेटरनरेट –०.४६७ छ । कोलकाता पनि १४ अंकका साथ प्ले अफमा पुग्ने आशामा छ । कोलकाताले अन्तिम खेलमा राजस्थान रोयल्ससँग शनिवार खेल्नेछ । जुन खेलमा कोलकाता फराकिलो अन्तरले विजयी हुनुपर्छ ।

पन्जाब र हैदराबाद एक एक खेलमा पराजित भएको खण्डमा कोलकाता अन्तिम चारमा रहेर प्ले अफमा पुग्न सहज हुने छ । कोलकाताको नेटरनरेट माइनसमा हुँदा सामान्य जितले मात्र प्ले अफमा पुग्न भने सक्दैन ।

सनराइजर्स हैदराबाद

हैदराबाद पनि १४ अंकका साथ प्ले अफमा पुग्ने दौडमा छ । हैदराबादले दुई खेल खेल्न बाँकी हुँदा १० अंकका साथ सातौं स्थानमा छ । हैदराबादले मुम्बई र बेंगलोरसँग खेल्न बाँकी छ । यी दुबै खेलमा हैदराबादले विशाल जितहात पानुपर्ने हुन्छ ।

हैदराबादको नेटरनरेट ०.३९६ रहेको छ । हैदराबाद बाँकी दुई खेल मध्य एकमा पराजित हुँदा सोझै बाहिरिने छ । अन्य पाँच टोलीको भन्दा हैदराबादको नेटरनरेट राम्रो हुँदा बाँकी दुबै खेलमा फराकिलो जित निकालेको खण्डमा अन्तिम चारमा रहेर प्लेअफ खेल्न सक्छ ।

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.