default_image

4 years ago

October 30, 2020

पन्जाबमाथि राजस्थानको सानदार जित

130 views

0 Bookmark

एजेन्सी – अलराउन्डर बेन स्टोक्सको अलराउन्ड प्रर्दशनमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा किंग्स इलेभेन पन्जाबमाथि ७ विकेटको सानदार जित निकालेको छ ।

यो जितसँगै राजस्थान अंक तालिकामा पाँचौ स्थानमा उक्लिनुको साथै प्ले अफको सम्भावना कायमै राखेको छ । शुक्रबार राती सम्पन्न खेलमा जितका लागि १ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले १७.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । राजस्थानका कप्तान स्टिभ स्मिथ २० बलमा ५ चौका सहित ३१ अविजित रहे । जस बटलर ११ बलमा १ चौका र २ छक्का सहित २२ रनमा अविजित रहे ।

राजस्थानलाई ओपनर बेन स्टोक्सले २६ बलमा ६ चौका र ३ छक्का सहित ५० रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । पहिलो विकेटका लागि स्टोक्स र रोबिन उथप्पाले ५.३ ओभरमा ६० रन जोड्दै पन्जाबलाई दबाबमा राखेका थिए । क्रिस जोर्डनको बलमा बेन स्टोक्स दीपक हुडाबाट क्याच आउट आउट हुन पुगेका थिए ।

मुरुगन आश्विनको ११ औं ओभरको पाँचौ बलमा ठूलो सट खेलेका उथप्पा निकोलस पुरनबाट ३० रनमा समातिन पुगेका थिए । उथप्पाले २३ बलमा १ चौका र २ छक्का प्रहार गरे । १५ औं ओभरको दोस्रो बलमा सन्जु स्यामसन ४८ रनमा रन आउट हुन पुगे । स्यामसनले २५ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । पन्जाबका मुरुगन आश्विन र क्रिस जोर्डनले एक एक विकेट लिए ।

त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८५ रन बनाएको थियो । क्रिस गेलले ६३ बलमा ६ चौका र ८ छक्का सहित ९९ रनको योगदान दिए ।

अन्तिम ओभरको तेस्रो बलमा छक्का प्रहार गर्दै गेल शतक नजिक पुगेका थिए । तर चौथो बलमा जोफ्रा आर्चरले बोल्ड आउट गरेपछि शतक बनाउन एक रनले चुकेका थिए ।

पन्जाबले पहिलो ओभरको अन्तिम बलमा ओपनर मन्दीप सिंहलाई शून्यमा गुमाएको थियो । जुन समय पन्जाबले एक रन मात्र जोडेको थियो । मन्दीपलाई जोफ्रा आर्चरले बेन स्टोक्सबाट क्याच आउट गराएका थिए । दोस्रो विकेटका लागि गेल र राहुलले १ सय २० रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै टोलीलाई बलियो योगफलको आधार तय गरेका थिए ।

यी दुई खेलाडीको साझेदारी बने स्टोक्सले १५ औं ओभरको चौथो बलमा राहुललाई राहुल टेवाटियाबाट ४६ रनमा क्याच गराउँदै तोडेका थिए । राहुलले ४१ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।

तल्लोक्रममा निकोलस पुरनले १० बलमा ३ छक्का सहित २२ रनमा क्याच आउट भए । बेन स्टोक्सको १८ औं ओभरको अन्तिम बलमा ठूलो सट खेलेका पुरन राहुल टेवाटियाले बाउन्ड्री नजिककै उत्कृष्ट क्याच लिएपछि पेभिलिएन फर्केका थिए । ग्लेन म्याक्सवेल ६ र दीपक हुडा १ रनमा अविजित रहे । राजस्थानका बेन स्टोक्सले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । जोफ्रा आर्चरले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए ।

राजस्थानले अव लिग चरणको अन्तिम खेल आगमी शनिवार कोलकाता नाइट राइडर्ससँग खेल्ने छ । पन्जाबले लिग चरणको अन्तिम खेल चेन्नई सुपर किंग्ससँग आइतबारनै प्रतिस्पर्धा गर्ने छ । प्ले अफमा स्थान बनाउन यी दुबै टोलीले अन्तिम खेलमा फराकिलो जित निकालेर मात्रै पुग्दैन अन्य टोलीको नतिजामा निर्भर रहनुपर्ने हुन्छ ।

आइपिएलको अंक तालिका

मुम्बई १२ खेलमा ८ मा जित र ४ मा हार सहित १६ अंकका साथ शीर्षस्थानमा छ । बेंगलोर १२ खेलमा ७ मा जित र ५ मा हार सहित दोस्रो स्थानमा छ । दिल्ली क्यापिटल्स १२ खेलमा ७ मा जित र ५ मा हार तेस्रो स्थानमा छ । पन्जाब १३ खेलमा ७ मा हार र ६ मा जित सहित चौथो स्थानमा छ ।

राजस्थान १३ खेलमा ७ मा हार र ६ मा जित सहित पाँचौ स्थानमा उक्लिएको छ । कोलकाता १३ खेलमा ६ मा जित र ७ मा हार सहित छैटौं स्थानमा छ । सनराइजर्स हैदराबाद १२ खेलमा ७ मा हार र ५ मा जित सहित सातौं स्थानमा छ । चेन्नई सुपर किंग्स १३ खेलमा ८ मा हार र ५ मा जित सहित पुछारमा छ ।

March 12, 2025

थन्डर ११ इन्डो–नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]

March 12, 2025

प्रशिक्षण प्रतिष्ठान र मधेश आइजिपी कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले‌ हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]

March 12, 2025

पूजा ग्रेड ‘ए’ मा, ४ खेलाडीलाई मासिक ५० हजार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]

Success

Thank you for your time.