4 years ago
October 30, 2020
एजेन्सी– अनुभवी ब्याट्सम्यान क्रिस गेलको उत्कृष्ट प्रर्दशनमा किंग्स इलेभेन पन्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा राजस्थान रोयल्सलाई १ सय ८६ रनको बलियो लक्ष्य दिएको छ ।
शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८५ रन बनायो । पन्जाबलाई बलियो योगफलमा पुर्याउन क्रिस गेलले ६३ बलमा ६ चौका र ८ छक्का सहित ९९ रनको योगदान दिए ।
अन्तिम ओभरको तेस्रो बलमा छक्का प्रहार गर्दै गेल शतक नजिक पुगेका थिए । तर चौथो बलमा जोफ्रा आर्चरले बोल्ड आउट गरेपछि शतक बनाउन एक रनले चुकेका थिए । गेल आइपिएलमा दोस्रो पटक एक रनले शतक बनाउन चुकेका हुन् । गतवर्ष रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध ९९ रनमा अविजित रहेका थिए ।
पन्जाबले पहिलो ओभरको अन्तिम बलमा ओपनर मन्दीप सिंहलाई शून्यमा गुमाएको थियो । जुन समय पन्जाबले एक रन मात्र जोडेको थियो । मन्दीपलाई जोफ्रा आर्चरले बेन स्टोक्सबाट क्याच आउट गराएका थिए । दोस्रो विकेटका लागि गेल र राहुलले १ सय २० रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै टोलीलाई बलियो योगफलको आधार तय गरेका थिए ।
यी दुई खेलाडीको साझेदारी बने स्टोक्सले १५ औं ओभरको चौथो बलमा राहुललाई राहुल टेवाटियाबाट ४६ रनमा क्याच गराउँदै तोडेका थिए । राहुलले ४१ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।
तल्लोक्रममा निकोलस पुरनले १० बलमा ३ छक्का सहित २२ रनमा क्याच आउट भए । बेन स्टोक्सको १८ औं ओभरको अन्तिम बलमा ठूलो सट खेलेका पुरन राहुल टेवाटियाले बाउन्ड्री नजिककै उत्कृष्ट क्याच लिएका थिए । ग्लेन म्याक्सवेल ६ र दीपक हुडा १ रनमा अविजित रहे ।
राजस्थानका बेन स्टोक्सले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । जोफ्रा आर्चरले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]