4 years ago
October 30, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा आज किंग्स इलेभेन पन्जाबविरुद्ध राजस्थान रोयल्सले पहिला बलिङ गर्ने भएको छ ।
शेख जायद स्टेडियम आबूधाबीमा राजस्थानका कप्तान स्टिभ स्मिथले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । राजस्थानले आज टोलीमा एक परिवर्तन गरेको छ । तीव्र गतिका बलर बरुन आरोनलाई मौका दिँदा अंकित राजपुतलाई बेन्चमा राखेको छ । पन्जाबले भने टोलीमा परिवर्तन गरेको छैन ।
पन्जाब १२ खेलमा समान ६ मा जित र हार सहित १२ अंकका साथ चौथो स्थानमा छ । पन्जाब आजको खेलमा विजयी भएमा अन्तिम चारमा रहेर प्ले अफ खेल्ने सम्भावना बलियो बन्ने छ । पन्जाब आजको खेलमा पराजित भए अन्य टोलीको नतिजामा निर्भर रहनुपर्ने हुन्छ । राजस्थान १२ खेलमा ७ मा हार र ५ मा जित सहित सातौं स्थानमा छ ।
राजस्थान आजको खेलमा विजयी भएमा अघिल्लो चरणको झिनो आशा कायमै रहने छ । यसअघि लिग चरणको पहिलो खेलमा पन्जाब राजस्थानसँग ४ विकेटले पराजित भएको थियो । पन्जाबले प्रस्तुत गरेको २ सय २४ रनको विजयी लक्ष्य राजस्थानले ६ विकेटको क्षतिमा तीन बल अगाडि पूरा गरेको थियो । आइपिएलमा यी दुई टोलीबीच कुल २० खेल भएको छ । जसमा राजस्थान ११ खेलमा विजयी हुँदा ९ खेलमा पराजित हुन पुगेको छ ।
राजस्थानको प्लेइङ ११ – जस बटलर (विकेटकिपर), रोबिन उथप्पा, स्टिभ स्मिथ (कप्तान), सन्जु स्यामसन, रियान पराग, राहुल टेवाटिया, जोफ्रा आर्चर, कार्तिक त्यागि, श्रेयस गोपाल, बरुन आरोन र बेन स्टोक्स
पन्जाबको प्लेइङ ११ ः लोकेश राहुल (कप्तान तथा विकेटकिपर), मन्दीप सिंह, क्रिस गेल, निकोलस पुरन, ग्लेन म्याक्सवेल, दीपक हुडा, क्रिस जोर्डन, मुरुगन आश्विन, रबि बिश्रोई, मोहम्मद शामी र अर्शदीप सिंह ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]