default_image

4 years ago

October 30, 2020

पन्जाबको लय रोक्न राजस्थानलाई चुनौती

109 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा आज किंग्स इलेभेन पन्जाब र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुनेछ ।

पन्जाब १२ खेलमा समान ६ मा जित र हार सहित १२ अंकका साथ चौथो स्थानमा छ । पन्जाब आजको खेलमा विजयी भएमा अन्तिम चारमा रहेर प्ले अफ खेल्ने सम्भावना बलियो बन्ने छ । पन्जाब आजको खेलमा पराजित भए अन्य टोलीको नतिजामा निर्भर रहनुपर्ने हुन्छ । राजस्थान १२ खेलमा ७ मा हार र ५ मा जित सहित सातौं स्थानमा छ ।

राजस्थान आजको खेलमा विजयी भएमा अघिल्लो चरणको झिनो आशा कायमै रहने छ । पराजित भए लिग चरणबाट बाहिरिने दोस्रो टोली बन्ने छ । चेन्नई सुपर किंग्स बाहिरि सकेको छ । यसअघि लिग चरणको पहिलो खेलमा पन्जाब राजस्थानसँग ४ विकेटले पराजित भएको थियो । पन्जाबले प्रस्तुत गरेको २ सय २४ रनको विजयी लक्ष्य राजस्थानले ६ विकेटको क्षतिमा तीन बल अगाडि पूरा गरेको थियो ।

पन्जाब पछिल्ला पाँच खेलमा अपराजित छ । पन्जाब लगातार छैटौं जितका साथ प्ले अफ बलियो बनाउन चाहन्छ । पन्जाबले पछिल्लो खेलमा कोलकतालाई ८ विकेटले हराएको थियो । उक्त खेलमा क्रिस गेल र मनदीप सिंहले अर्धशतकीय इनिङ खेलेका थिए ।

जारी सिजनमा गेलले खेलेका पाँच खेलमा पन्जाबले हार बेहोर्नु परेको छैन । गेल राम्रो लयमा छन् । गेलको प्रर्दशन पन्जाबलाई निकै महत्वपूर्ण हुने छ । घाइते भएका ओपनर मयंक अग्रवाल टोलीमा फर्किएको खण्डमा पन्जाबको ब्याटिङ युनिट थप मजबुत बन्ने छ । अग्रवालले जारी सिजनमा लगातार उच्च प्रर्दशन गर्दै आएका छन् । कप्तान तथा ओपनर लोकेश राहुल उत्कृष्ट लयमा छन् । उनको लयलाई रोक्न राजस्थानका बलरलाई कठिन पर्ने छ ।

ग्लेन म्याक्सवेलको कमजोर लय पन्जाबलाई चिन्ताको विषय हो । निकोलस पुरन पनि राम्रो लयमा छन् । पन्जाबको शीर्षक्रम ब्याटिङ उत्कृष्ट र लयमा हुँदा राजस्थानमाथि हाबी हुन सक्छन् । बलिङमा तीव्र गतिका बलर मोहम्मद शामी राम्रो लयमा छन् । नियमित उच्च प्रर्दशन गर्दै आएका शामी पन्जाबका बलिङ हतियार हुन् । शामीलाई अर्शदीप सिंह र रबि बिश्रोईले पनि राम्रो साथ दिदै आएका छन् ।

पछिल्लो खेलमा राजस्थानले मुम्बईलाई ८ विकेटले हराएको थियो । उक्त खेलमा ओपनर बेन स्टोक्सले शतक र युवा ब्याट्सम्यान सन्जु स्यामसनले अर्ध शतक प्रहार गरेका थिए । स्टोक्स र स्यामसनको लय फर्किनु राजस्थानलाई सकरात्मक पक्ष हो ।

रोबिन उथप्पा, जस बटलर र स्टिभ स्मिथलाई उच्च प्रर्दशन गर्न आवश्यक देखिन्छ । स्टोक्स र स्यामसनलाई आफ्नो लयलाई निरन्तरता दिन आवश्यक देखिन्छ । राजस्थानका अन्य बलरलाई जोफ्रा आर्चरलाई राम्रो साथ दिन आवश्यक देखिन्छ । आर्चरले लगातार राम्रो प्रर्दशन गरि रहँदा अन्य बलरको साथ पाउन सकि रहेका छैनन् ।

यसअघि लिग चरणको खेलमा पन्जाबविरुद्ध अविश्वसनिय प्रर्दशन गरेका राहुल टेवाटियाबाट राजस्थान त्यस्तै प्रर्दशनको अपेक्षा राख्ने छ । उथप्पाको स्थानमा युवा ब्याट्सम्यान यशस्वी जैसवाललाई मौका दिन सक्छ । आइपिएलमा यी दुई टोलीबीच कुल २० खेल भएको छ । जसमा राजस्थान ११ खेलमा विजयी हुँदा ९ खेलमा पराजित हुन पुगेको छ ।

March 12, 2025

थन्डर ११ इन्डो–नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]

March 12, 2025

प्रशिक्षण प्रतिष्ठान र मधेश आइजिपी कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले‌ हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]

March 12, 2025

पूजा ग्रेड ‘ए’ मा, ४ खेलाडीलाई मासिक ५० हजार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]

Success

Thank you for your time.