default_image

4 years ago

October 29, 2020

कोलकातामाथि चेन्नईको रोमान्चक जित

113 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ४९ औं खेलमा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको छ ।

बिहिबार राती सम्पन्न खेलमा कोलकाता चेन्नई सुपर किंग्ससँग पराजित भएसँगै प्ले अफको सम्भावना कठिन बनेको छ । जितका लागि १ सय ७३ रन पछ्याएको चेन्नईले २० ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।

अन्तिम ओभरमा जितका लागि १० रन आवश्यक पर्दा चेन्नईले ४ बलमा ३ रन जोडेको थियो । कमलेश नगरकोटीले फ्याँकेको उक्त ओभरको अन्तिम दुई बलमा रविन्द्र जडेजाले दुई छक्का प्रहार गर्दै चेन्नईको जित पक्का पक्का गराए । जडेजा ११ बलमा २ चौका र ३ छक्का सहित ३१ रनमा अविजित रहे । साम करन १४ बलमा १ चौका सहित १३ रनमा अविजित रहे ।

युवा ओपनर रितुराज गायक्वाडले सर्वाधिक ७२ रनको योगदान दिए । प्याट कमिन्सले बोल्ड आउट गर्नुअघि ५३ बलमा ६ चौका र २ छक्का प्रहार गरे । अम्बाती रायुडु २० बलमा ५ चौका र १ छक्का सहित ३८ रनमा आउट भए । शेन वाटसन १४ र महेन्द्रसिंह धोनी १ रनमा आउट हुन पुगे । कोलकाता प्याट कमिन्सले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । बरुण चक्रवर्तीले ४ ओभरमा २० रन खर्चेर २ विकेट हात पारे ।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७२ रन बनायो । कोलकाता ओपनर नितेश राणाले ६१ बलमा १० चौका र ४ छक्का सहित सर्वाधिक ८७ रनको योगदान दिएपनि टोलीको हार टार्न सकेनन् ।

आठौं ओभरको दोस्रो बलमा स्पिनर करण शर्माले ओपनर सुभमन गिललाई २६ रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाएका थिए । पहिलो विकेटका लागि सुभमन गिल र नितेशले ५३ रनको साझेदारी गरेका थिए । गिलले १७ बलमा ४ चौका प्रहार गरे । स्पिनर मिचेल सान्टनारको नवौं ओभरको तेस्रो बलमा ठूलो सट खेल्ने धुनमा सुनिल नारायण ७ रनमा रविन्द्र जडेजाबाट क्याच आउट भए । जडेजाले १३ औं ओभरको पाँचौं बलमा रिंकु सिंहलाई ११ रनमा अम्बाती रायुडुबाट क्याच आउट गराए ।

लुन्गी एनगिडीको १८ औं ओभरको पहिलो बलमा ठूलो सट खेलेका राणा लङअनमा साम करनबाट क्याच आउट हुन पुगेपछि शतक बनाउन चुकेका थिए । चौथो विकेटका लागि कप्तान ओईन मोर्गन र नितेशले ४४ रनको साझेदारी गरेका थिए । दीनेश कार्तिक १० बलमा ३ चौका सहित २१ रनमा अविजित रहे । मोर्गन १२ बलमा २ चौका सहित १५ रनमा क्याच आउट भए । राहुल त्रिपाठी ३ रनमा अविजित रहे ।

करण शर्माले ४ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए । मिचेल सान्टनारले ३ ओभरमा ३० रन खर्चेर १ विकेट लिए । रविन्द्र जडेजाले ३ ओभरमा २० रन खर्चेर १ विकेट लिए । एनगिडीले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । यो हारसँगै कोलकाताको प्ले अफको सम्भावना कठिन बनेको छ । अब कोलकाता अन्य टोलीमा निर्भर रहनुपर्ने हुन्छ । कोलकाताले अन्तिम खेल आइतबार राजस्थान रोयल्ससँग खेल्ने छ । चेन्नईले अन्तिम खेल आइतबार किंग्स इलेभेने पन्जाबसँग खेल्ने छ ।

आइपिएलको अंक तालिका

मुम्बई १२ खेलमा ८ मा जित र ४ मा हार सहित १६ अंकका साथ शीर्षस्थानमा छ । बेंगलोर १२ खेलमा ७ मा जित र ५ मा हार सहित दोस्रो स्थानमा छ । दिल्ली क्यापिटल्स १२ खेलमा ७ मा जित र ५ मा हार तेस्रो स्थानमा छ । पन्जाब १२ खेलमा ६ मा हार र ६ मा जित सहित चौथो स्थानमा छ ।

कोलकाता १३ खेलमा ६ मा जित र ७ मा हार सहित पाँचौ स्थानमा छ । सनराइजर्स हैदराबाद १२ खेलमा ७ मा हार र ५ मा जित सहित छैटौं स्थानमा छ । राजस्थान १२ खेलमा ७ मा हार र ५ मा जित सहित सातौं स्थानमा छ । चेन्नई सुपर किंग्स १३ खेलमा ८ मा हार र ५ मा जित सहित पुछारमा छ ।

March 12, 2025

थन्डर ११ इन्डो–नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]

March 12, 2025

प्रशिक्षण प्रतिष्ठान र मधेश आइजिपी कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले‌ हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]

March 12, 2025

पूजा ग्रेड ‘ए’ मा, ४ खेलाडीलाई मासिक ५० हजार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]

Success

Thank you for your time.