4 years ago
October 29, 2020
एजेन्सी – ओपनर नितेश राणको अर्ध शतकको सहयोगमा कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ४९ औं खेलमा चेन्नई सुपर किंग्सलाई १ सय ७३ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।
दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७२ रन बनायो । कोलकाता ओपनर नितेश राणाले ६१ बलमा १० चौका र ४ छक्का सहित सर्वाधिक ८७ रनको योगदान दिए ।
आठौं ओभरको दोस्रो बलमा स्पिनर करण शर्माले ओपनर सुभमन गिललाई २६ रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाएका थिए । पहिलो विकेटका लागि सुभमन गिल र नितेशले ५३ रनको साझेदारी गरेका थिए । गिलले १७ बलमा ४ चौका प्रहार गरे । स्पिनर मिचेल सान्टनारको नवौं ओभरको तेस्रो बलमा ठूलो सट खेल्ने धुनमा सुनिल नारायण ७ रनमा रविन्द्र जडेजाबाट क्याच आउट भए । जडेजाले १३ औं ओभरको पाँचौं बलमा रिंकु सिंहलाई ११ रनमा अम्बाती रायुडुबाट क्याच आउट गराए ।
लुन्गी एनगिडीको १८ औं ओभरको पहिलो बलमा ठूलो सट खेलेका राणा लङअनमा साम करनबाट क्याच आउट हुन पुगेपछि शतक बनाउन चुकेका थिए । चौथो विकेटका लागि कप्तान ओईन मोर्गन र नितेशले ४४ रनको साझेदारी गरेका थिए । दीनेश कार्तिक १० बलमा ३ चौका सहित २१ रनमा अविजित रहे । मोर्गन १२ बलमा २ चौका सहित १५ रनमा क्याच आउट भए । राहुल त्रिपाठी ३ रनमा अविजित रहे ।
करण शर्माले ४ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए । मिचेल सान्टनारले ३ ओभरमा ३० रन खर्चेर १ विकेट लिए । रविन्द्र जडेजाले ३ ओभरमा २० रन खर्चेर १ विकेट लिए । एनगिडीले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]