4 years ago
October 29, 2020
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ४९ औं खेलमा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सविरुद्ध पहिला बलिङ गर्ने भएको छ ।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा चेन्नईका कप्तान महेन्द्रसिंह धोनीले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । चेन्नईले टोलीमा तीन परिवर्तन गरेको छ । फाफ डु प्लेसिस, मोनु कुमार र इमरान ताहिरलाई आज चेन्नईको टोलीमा छैनन् । चेन्नईले लुन्गी एनगिडी, शेन वाटसन र करण शर्मालाई मौका दिएको छ । कोलकाताले टोलीमा एक परिवर्तन गरेको छ । प्रसिद्ध कृष्णाको स्थानमा रिंकु सिंहलाई मौका दिएको छ ।
कोलकातालाई अन्तिम चारमा रहेर प्ले अफ खेल्ने सम्भावना कायमै राख्न आजको खेल जित्नै पर्ने हुन्छ । यसअघि चेन्नईरिुद्ध लिग चरणको पहिलो खेलमा कोलकाता १० रनले विजयी भएको थियो । चेन्नई १२ खेलमा ४ मा जित र ८ मा हार सहित ८ अंकका साथ पुछारमा छ ।
कोलकाता १२ खेलमा समान ६ मा जित र हार सहित १२ अंकका साथ पाँचौ स्थानमा छ । आइपिएलमा यी दुई टोलीबीच कुल २२ खेल भएको छ । जसमा चेन्नई १३ खेलमा विजयी हुँदा ८ खेलमा पराजित भएको छ ।
चेन्नई प्लेइङ ११ – अम्बाती रायुडू, शेन वाटसन, लुन्गी एनगिडी, करण शर्मा, रितुराज गायकवाड, महेन्द्र सिंह धोनी (कप्तान तथा विकेटकिपर), रविन्द्र जडेजा, साम करन, दीपक चहर, नारायण जगदिशन र मिचेल सान्टनार ।
कोलकाता प्लेइङ ११ – ल्योकी फर्गुसन, सुभमन गिल, नितेश राणा, ओईन मोर्गन (कप्तान), सुनिल नारायण , दिनेश कार्तिक (विकेटकिपर), रिंकु सिंह, प्याट कमिन्स, राहुल त्रिपाठ्ठी, वरुण चकबर्ती र कमलेश नगरकोटी
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]