default_image

4 years ago

October 29, 2020

चेन्नईलाई हराउनै पर्ने दबाबमा कोलकाता

99 views

0 Bookmark

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ४९ औं खेलमा आज कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

चेन्नई लिग चरणबाट बाहिरिसकेको छ । चेन्नईलाई आजको खेल प्रतिष्ठाको लडाईं मात्रै हुने छ । तर कोलकातालाई अन्तिम चारमा रहेर प्ले अफ खेल्ने सम्भावना कायमै राख्न आजको खेल जित्नै पर्ने हुन्छ । कोलकाता आजको खेलमा पराजित भए प्ले अफको झिनो अंक गणीतिय सम्भावना मात्रै बाँकी रहने छ ।

यसअघि चेन्नईरिुद्ध लिग चरणको पहिलो खेलमा कोलकाता १० रनले विजयी भएको थियो । चेन्नई १२ खेलमा ४ मा जित र ८ मा हार सहित ८ अंकका साथ पुछारमा छ । कोलकाता १२ खेलमा समान ६ मा जित र हार सहित १२ अंकका साथ पाँचौ स्थानमा छ । आजको नतिजाले अन्य टोलीलाई समेत प्रभाव पार्ने छ ।

कोलकाता पछिल्लो खेलमा पन्जाबसँग ८ विकेटले पराजित भएको थियो । उक्त खेलमा ओपनर सुभमन गिल र कप्तान ओईन मोर्गन बाहेक अन्यको प्रर्दशन सम्झन लायक थिएन । शीर्षक्रमका नितेश राणा, राहुल त्रिपाठी र दीनेश कार्तिकलाई उच्च प्रर्दशन गर्न आवश्यक देखिन्छ ।

लोकी फर्गुसन र बरुण चक्रबर्तीले एक एक विकेट लिएका थिए । यी दुई बलर बाहेक अन्यलाई उच्च प्रर्दशन गर्न आवश्यक देखिन्छ । प्याट कमिन्सलाई उच्च प्रर्दशन गर्न आवश्यक देखिन्छ । घाइते आन्द्रे रसेल आजको खेलमा पनि उपलब्ध हुने सम्भावना छैन ।

चेन्नईले पछिल्लो खेलमा बेंगलोरलाई ८ विकेटले हराएको थियो । उक्त खेलमा बलिङमा साम करनले उत्कृष्ट प्रर्दशन गरेका थिए । ब्याटिङमा युवा ओपनर रितुराज गायकवाडले विजयी अर्ध शतकीय इनिङ खेलेका थिए ।

बेंगलोरलाई हराएको चेन्नईको मनोबल उच्च छ । उसलाई गुमाउन केहि नहुँदा विना दबाबका साथ उत्कृष्ट प्रर्दशन गर्न सक्छ । आइपिएलमा यी दुई टोलीबीच कुल २२ खेल भएको छ । जसमा चेन्नई १३ खेलमा विजयी हुँदा ८ खेलमा पराजित भएको छ । एक खेलको नतिजा बिहिन रहेको थियो ।

March 12, 2025

थन्डर ११ इन्डो–नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]

March 12, 2025

प्रशिक्षण प्रतिष्ठान र मधेश आइजिपी कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले‌ हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]

March 12, 2025

पूजा ग्रेड ‘ए’ मा, ४ खेलाडीलाई मासिक ५० हजार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]

Success

Thank you for your time.