default_image

4 years ago

October 28, 2020

पाडिक्कलको अर्धशतकमा मुम्बईलाई मध्यम लक्ष्य

93 views

0 Bookmark

एजेन्सी – बायाँ हाते युवा ओपनर देवदत्त पाडिक्कलले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै अर्धशतक प्रहार गरेपछि रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) को ४८ औं खेलमा मुम्बई इन्डियन्सलाई १ सय ६५ रनको मध्यम लक्ष्य दिएको छ ।

शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङ थालेको बेंगलोरले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६४ रन बनायो । पाडिक्कलले ४५ बलमा १२ चौका र १ छक्का सहित सर्वाधिक ७४ रनको योगदान दिए । सुरुवात राम्रो गरेपनि अन्त्य कमजोर गर्दा बेंगलोर विशाल योगफल बनाउन चुकेको हो । बेंगलोरले अन्तिम पाँच ओभरमा ३५ रन जोड्न ४ विकेट गुमाउन पुगेको थियो ।

बेंगलोरलाई दुई युवा ओपनर ओपनर देवदत्त पाडिक्कल र जोश फिलिपेले ७.५ ओभरमा ७१ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । यी दुई ओपनरबीचको साझेदारी स्पिनर राहुल चहरले क्विन्टन डी ककबाट फिलिपेलाई स्टम्पिङ आउट गराउँदै तोडेका थिए । फिलिपेले २४ बलमा ४ चौका र १ छक्का सहित ३४ रनको योगदान दिए । फिलिपेको खुट्टा जमिनको सतह भन्दा केहिमाथी भएको अवस्थामा स्टम्पिङ हुन पुगेका थिए ।

जस्प्रित बुमराहले कप्तान विराट कोहलीलाई १२ औं ओभरको दोस्रो बलमा सौरभ तिवारीबाट ९ रनमा क्याच आउट गराए । कप्तान काइरन पोलार्डको १६ औं ओभरको दोस्रो बलमा एबी डि भिलियर्स चहरबाट १५ रनमा क्याच आउट हुन पुगे । डी भिलियर्सले १२ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

१७ औं ओभरमा बुमराहले दुई विकेट सहित मेडन राख्दै खेलमा फर्काएका थिए । तेस्रो बलमा ठूलो सट खेल्ने धुनमा शिवम् दुबे दुई रनमा सूर्यकुमार यादवबाट क्याच आउट हुन पुगे । पाँचौ बलमा पाडिक्कल बोल्टबाट समातिन पुगे । ट्रेन्ट  बोल्टको १८ औैं ओभरको दोस्रो बलमा क्रिस मोरिस ४ रनमा जेम्स प्याटिनसनबाट क्याच आउट हुन पुगेका थिए । गुरक्रित मानसिंह ११ बलमा २ चौका सहित १४ रनमा अविजित रहे ।

वासिन्टन सुन्दर ६ बलमा १ चौका सहित १० रनमा अविजित रहे । जस्प्रित बुमराहले ४ ओभरमा १ मेडन सहित १४ रन खर्चेर ३ विकेट लिए । राहुल चहर, ट्रेन्ट बोल्ट र कप्तान काइरन पोलार्डको नाममा एक एक विकेट रह्यो ।

March 12, 2025

थन्डर ११ इन्डो–नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]

March 12, 2025

प्रशिक्षण प्रतिष्ठान र मधेश आइजिपी कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले‌ हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]

March 12, 2025

पूजा ग्रेड ‘ए’ मा, ४ खेलाडीलाई मासिक ५० हजार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]

Success

Thank you for your time.