4 years ago
October 27, 2020
एजेन्सी – वेस्टइन्डिजका चर्चित अलराउन्डर आन्द्रे रसेल सहित पाँच खेलाडीले श्रीलंका क्रिकेट बोर्डले आयोजना गर्ने लंका प्रिमियर लिग (एलपिएल) नखेल्ने भएका छन् ।
एलपिएल नोभेम्बर २१ देखि डिसेम्बर १३ सम्म पाँच फ्रेन्चाइज टोलीबीच प्रतिस्पर्धा हुँदै छ । गत सोमबार मात्र ड्राफ्ट मार्फत सबै फ्रेन्चाइज टोलीले खेलाडी अनुबन्ध गरेका थिए । आन्द्रे रसेलसँगै दक्षिण अफ्रिका ब्याट्सम्यान फाफ डु प्लेसिस, डेविड मिलर र इंग्ल्यान्डका डेविड मलानले एलपिएल नखेल्ने भएका हुन् ।
त्यस्तै भारतीय विकेटकिपर मनविंदर बिसलाले पनि नखेल्ने जनाएका छन् । मलान, डु प्लेसिस र मिलरले इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीच हुने समान तीन ओडिआई र टि२० आई सिरिजको कारण नखेल्ने भएका हुन् । इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीच नोभेम्बर २७ देखि डिसेम्बर ९ सम्म तीन ओडिआई र तीन टि२० सिरिज हुने छ ।
कोलकाताबाट इन्डियन प्रिमियर लिग (आइपिएल) खेलि रहेका अलराउन्डर आन्द्रे रसेल र बिसलाले चोटका कारण नखेल्ने भएका हुन् । रसेल गत अक्टोबर १८ मा सनराइजर्स हैदराबादविरुद्ध खेल्ने क्रममा घाईते हुन पुगेका थिए । एलपिएलमा पाँच टोलीबीच १५ दिनसम्म प्रतिस्पर्धा चल्ने छ ।
कोलोम्बो किंग्स, डम्बुल्ला हक्स, गाल्ले ग्ल्याडियटर्स, क्यान्डी टस्कर्स र जाफना स्टेलियन्स गरि पाँच फ्रेन्चाइज टोलीले एलपिएलमा प्रतिस्पर्धा गर्नेछन् । कोलोम्बो किंग्स आन्द्रे रसेल, फाफ डु प्लेसिस, डम्बुल्ला हक्समा मिलर र जाफनामा मलान रहेका थिए । एलपिएल सुरुहुुन अव चार साता बाँकी छ । तर चुनौतीभने धेरै रहेका छन् । श्रीलंकामा १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]