4 years ago
October 27, 2020
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ४७ औं खेलमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार ७ : ४५ पछि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।
दिल्ली आजको खेलमा विजयी भए १६ अंकका साथ शीर्षस्थानमा उक्लिनुको साथै प्ले अफमा पुग्नेछ । हैदराबादलाई प्ले अफको झिनो आशालाई कायमै राख्न आजको खेलमा जित निकाल्नै पर्ने हुन्छ । आजको खेलमा पराजित भए हैदराबाद आधिकारीक रुपमा प्ले अफ दौडबाट बाहिरिने छ ।
दिल्ली ११ खेलमा ७ मा जित र ४ मा हार सहित १४ अंकका साथ दोस्रो स्थानमा छ । मुम्बई इन्डियन्स ११ खेलमा ७ मा जित र ४ मा हार सहित १४ अंक भएपनि नेट रन रेटको आधारमा शीर्षस्थानमा छ । हैदराबाद ११ खेलमा ७ मा हार र ४ मा जित सहित सातौं स्थानमा छ । दिल्ली हैदराबादसँग सजग छ । यसअघि लिग चरणको पहिलो खेलमा दिल्ली हैदराबादसँग १५ रनले पराजित हुन पुगेको थियो । दिल्ली उक्त हारको बदला लिन चाहन्छ ।
दिल्ली पछिल्लो खेलमा कोलकाता नाइट राइडर्ससँग ५९ रनले पराजित भएको थियो । खराब प्रर्दशनको कारण कोलकाताविरुद्ध पृथ्वी शा को स्थानमा अजिंक्या रहाणेलाई मौका दिएको थियो । तर रहाणे पहिलो बलमै आउट भएका थिए । अर्का ओपनर शिखर धवन उच्च लयमा छन् । धवनलाई अर्कोतर्फबाट राम्रो साथ दिने ओपनर नहुँदा दिल्ली केहि समस्यामा छ । कप्तान श्रेयस ऐर, ऋषभ पन्त र शिम्रन हेटमायरको प्रर्दशन निकै महत्त्वपूर्ण हुनेछ ।
बलिङमा तीव्र गतिका बलर कागिसो रबाडा र एनरिच नोर्कियाले उच्च प्रर्दशन गर्दै आएका छन् । युवा तीव्र गतिका बलर तुषार देशपान्डेले पछिल्लो दुई खेलमा कमजोर प्रर्दशन गरेका छन् । देशपान्डेको स्थानमा मोहित शर्मालाई मौका दिन सक्छ । स्पिनर रविचन्द्रन आश्विन र अक्षर पटेलको प्रर्दशन दिल्लीका लागि महत्त्वपूर्ण हुनेछ ।
हैदराबाद पछिल्लो खेलमा किंग्स इलेभेन पन्जाबसँग १२ रनले पराजित भएको थियो । १ सय २७ रनको विजयी लक्ष्य पछ्याउने क्रममा अन्तिम १४ रन जोड्न ७ विकेट गुमाएपछि पराजित हुन पुगेको थियो । शीर्षक्रममा निर्भर हैदराबादलाई कप्तान डेभिड वार्नर, जोनी बेयरस्टो र मनिष पान्डेको प्रर्दशन निकै महत्त्वपूर्ण हुनेछ ।
स्पिनर राशिद खान हैदराबादका प्रमुख बलिङ हतियार हुन् । निरन्तर योर्कर फ्याँक्दै चर्चामा रहेका टि नटराजन दिल्लीलाई घातक बन्न सक्ने खेलाडी हुन् । घाइते केन विलियम्सन आजको खेलमा फर्किए मध्यक्रम केहि बलियो बन्ने छ । शीर्षक्रममा निर्भर हैदराबादको प्रमुख कमजोरी हो । आइपिएलमा यी दुई टोलीबीच कुल १६ खेल भएको छ । जसमा दिल्ली ६ खेलमा विजयी हुँदा १० खेलमा पराजित भएको छ ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]