default_image

4 years ago

October 26, 2020

कोलकातालाई हराउँदै पन्जाब चौथो स्थानमा उक्लियो

103 views

0 Bookmark

एजेन्सी – क्रिस गेल र मन्दीप सिंहको अर्धशतकसँगै किंग्स इलेभेन पन्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) को ४६ औं खेलमा कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको छ ।

कोलकाताले प्रस्तुत गरेको १ सय ५० रनको लक्ष्य पन्जाबले १९ औं ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो । पन्जाबको जितमा ओपनर मन्दीप सिंहले अविजित ६६ रन जोडे । उनले ५६ बलको सामना गर्दै ८ चौका र २ छक्का प्रहार गरे ।

मन्दीप र क्रिस गेलले दोस्रो विकेटका लागि १ सय रनको साझेदारी गरेपछि पन्जाब सहज जित हासिल गर्न सफल भएको हो । गेलले आक्रामक अर्धशतक प्रहार गर्ने क्रममा २९ बलमा ५१ रन जोडे । उनले २ चौका र ५ छक्का प्रहार गरेका थिए ।

त्यसअघि कप्तान केएल राहुल २८ रन जोड्दै पेभेलियन फर्किएका थिए । वरुण चक्रवर्तीको बलमा एलबीडब्लु आउट हुनुअघि उनले २५ बलमा ४ चौका प्रहार गरे । उनी आउट हुँदा टोली ४७-१ को स्थितिमा थियो । गेल १९ औं ओभरको पहिलो बलमा लोकी फर्गुसनको बलमा क्याच आउट भएपनि निकोलस पुरन २ रनमा नटआउट रहँदै जितसम्म डोर्याए ।

त्यसअघि शारजाह क्रिकेट रंगशालामा पहिलो ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४९ रन जोड्यो । खराब सुरुवात गरेको कोलकातालाई मध्यक्रमका ब्याट्सम्यानले सम्हालेका थिए । ओपनर नितिश राना इनिङको दोस्रो बलमा नै गोल्डेन डक आउट भएका थिए । दोस्रो ओभरमा मोहमद शामीले राहुल त्रिपाठी र दिनेश कार्तिकलाई शून्यमा कट बिहाइन्ड गराएपछि कोलकाता १०-३ को दयनीय अवस्थामा पुगेको थियो ।

कप्तान ओइन मोर्गन र शुभमनले चौथो विकेटका लागि ८१ रनको साझेदारी गर्दै इनिङ सम्हाले । मोर्गन २५ बलमा ५ चौका र २ छक्कासहित ४० रनको योगदान दिए । उनी दशौं ओभरमा रवी विश्नोईको बलमा क्याच आउट हुन पुगे ।

लगत्तै अर्को ओभरमा सुनिल नारायण ४ बलमा ६ रन जोड्दै क्रिस जोर्डनको बलमा बोल्ड भए । १५ औं ओभरमा कमलेश नगरकोटी १३ बलमा ६ रन जोड्दै मुरुगन आश्विनको बलमा बोल्ड हुन पुगे । अर्को ओभरमा कमिन्स ८ बलको सामना गर्दै मात्र १ रन जोड्दै विश्नोईको एलबीडब्लु धरापमा परे ।

शुभमन ४५ बलमा ३ चौका र ४ छक्कासहित ५७ रन जोड्दै १९ औं ओभरमा पेभेलियन फर्किए । उनी शामीको बलमा ठूलो सट खेल्ने धुनमा पुरनको हातबाट समातिए । अन्त्यतिर लोकी फर्गुसनले आक्रामक ब्याटिङ गर्दा कोलकाता मध्यम योगफलसम्म पुगेको थियो । फर्गुसनले १३ बलमा ३ चौका र १ छक्काको मदतले अविजित २४ रन जोडे । वरुण चक्रवर्ती अन्तिम ओभरमा २ रन जोड्दै जोर्डनको बलमा बोल्ड भएका थिए ।

पन्जाबका लागि मोहमद शामीले ३ विकेट लिँदा क्रिस जोर्डन र रवि विश्नोईले २-२ विकेट हात पारे । ग्लेन म्याक्स्वेल र मुरुगन आश्विनले १-१ विकेट हात पारे ।

यस जितसँगै पन्जाब कोलकातालाई नै उछिन्दै अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । पन्जाब र कोलकाता दुवैको १२ खेलमा १२ अंक भएपनि नेट रनरेटमा पन्जाब अघि बढेको हो । मुम्बई, दिल्ली र बेंगलोर ११ खेलमा समान १४ अंकसहित क्रमश: शीर्ष तीन स्थानमा रहेका छन् । राजस्थानको १० अंक तथा हैदरावाद र चेन्नईको ८-८ अंक रहेको छ ।

March 12, 2025

थन्डर ११ इन्डो–नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]

March 12, 2025

प्रशिक्षण प्रतिष्ठान र मधेश आइजिपी कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले‌ हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]

March 12, 2025

पूजा ग्रेड ‘ए’ मा, ४ खेलाडीलाई मासिक ५० हजार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]

Success

Thank you for your time.