4 years ago
October 26, 2020
एजेन्सी– राजस्थान रोयल्सका स्टार अलराउन्डर बेन स्टोक्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा नयाँ कीर्तिमान कायम गरेका छन् ।
आइतबार राती मुम्बई इन्डियन्सलाई ८ विकेटले हराउँन उत्कृष्ट शतक प्रहार गर्दै स्टोक्सले कीर्तिमान कायम गरेका हुन् । जितका लागि १ सय ९६ रनको लक्ष्य पछ्याएको राजस्थानले १८.२ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको थियो । स्टोक्स ६० बलमा १४ चौका र ३ छक्का सहित १ सय ७ रनमा अविजित रहेका थिए ।
स्टोक्सको आइपिएलमा दोस्रो शतक हो । स्टोक्सले दुबै शतक लक्ष्य पछ्याउँदा प्रहार गरेका हुन् । जुन आइपिएल इतिहासमा रन पछ्याउँदा दुई शतक प्रहार गर्ने स्टोक्स पहिलो खेलाडीको कीर्तिमान कायम गरेका हुन् । स्टोक्सले सन् २०१७ मा राइर्जिङ पूणे सुपरजाइन्टबाट गुजरात रायन्सविरुद्ध १ सय ३ रनको अविजित शतकीय इनिङ खेलेका थिए ।
स्टोक्सले ६३ बलमा ७ चौका र ६ छक्का सहित उक्त शतकीय इनिङ खेलेपछि पूणेले १ सय ६२ रनको विजयी लक्ष्य एक बल अगाडि ५ विकेटको क्षतिमा पूरा गरेको थियो । स्टोक्स दुई सफल लक्ष्य पछ्याउँदै पूरा गर्दा दुई शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका हुन् ।
स्टोक्सले जारी सिजनमा सुरुवाती खेल भने गुमाउन पुगेका थिए । बिरामी बुबालाई न्युजिल्यान्डमा छोडेर आइपिएल खेल्न आएका स्टोक्सले सुरुवाती खेलमा भने राम्रो प्रर्दशन गर्न सकेका थिए । तर वर्तमान समयका सर्वोत्कृष्ट अलराउन्डर स्टोक्सले मुम्बईविरुद्ध शतकीय इनिङ खेल्दै राम्रो जवाफ दिएका हुन् । राजस्थानबाट स्टोक्सले यस सिजनमा ओपनिङ गराएको छ । राजस्थान १२ खेलमा ५ मा जित र ७ मा हार सहित छैटौं स्थानमा छ ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]