4 years ago
October 25, 2020
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ४४ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले चेन्नई सुपर किंग्सलाई १ सय ४६ रनको मध्यम लक्ष्य दिएको छ ।
दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४५ रन बनायो । बेंगलोरका कप्तान विराट कोहलीले ४३ बलमा १ चौका र १ छक्का सहित सर्वाधिक ५० रनको योगदान दिए ।
चौंथो ओभरको पाँचौ बलमा ओपनर आरोन फिन्चलाई साम करनले १५ रनमा रितुराज गायकवाडबाट क्याच आउट गराउँदै पहिलो सफलता दिलाएका थिए । फिन्चले ११ बलमा ३ चौका प्रहार गरे । सातौं ओभरको पहिलो बलमा मिचेल सान्टनारले अर्का ओपनर देवदत्त पाडिक्कललाई २२ रनमा रितुराजबाटै क्याच गराउँदै पेभिलिएन फर्काए । पाडिक्कले २१ बलमा २ चौका र १ छक्का प्रहार गरे ।
दीपक चहरको १८ औं ओभरको तेस्रो बलमा एबी डिभिलियर्स ३९ रनमा फाप डु प्लेसिसबाट क्याच आउट हुन पुगे । डी भिलियर्सले ३६ बलमा ४ चौका प्रहार गरे । मोईन अलीलाई करनले एक रनमा क्याच आउट गराए । वासन्टन सुन्दर ५ रनमा अविजित रहे ।
साम करनले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । मिचेल सान्टनारले ४ ओभरमा २३ रन खर्चेर १ विकेट लिए । दीपक चहरले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]