4 years ago
October 25, 2020
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ४५ औं खेलमा आज मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार ७ : ४५ पछि शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुनेछ ।
मुम्बई १० खेलमा ७ मा जित र ३ मा हार सहित शीर्ष स्थानमा रहेको छ । आजको खेलमा विजयी भए प्ले अफमा स्थान पक्का हुनेछ । यता ११ खेलमा ७ मा हार र ४ मा जित सहित सातौं स्थानमा रहेको राजस्थानलाई झिनो अंक गणीय आशा कायमै राख्न आजको खेल जित्नै पर्ने हुन्छ ।
आजको खेलमा पराजित भएमा राजस्थानको अघिल्लो चरणको यात्रा समाप्त हुने छ । मुम्बईले पछिल्लो खेलमा चेन्नई सुपर किंग्सलाई १० विकेटले हराएको थियो । उक्त खेलमा घाइते हुँदा कप्तान रोहित शर्मा टोलीमा थिएनन् । काइरन पोलार्डले कप्तानी गरेका थिए । रोहित आजको खेलमा पनि उपलब्ध हुने सम्भावना न्यून छ ।
मुम्बईका सबै खेलाडी राम्रो लयमा छन् । जसले मुम्बईको मनोबल उच्च छ । ओपनर क्विन्टन डी कक, तीव्र गतिका बलर जस्प्रित बुमराह र ट्रेन्ट बोल्ट उच्च लयमा छन् । यी तीन खेलाडी देखि राजस्थानका खेलाडी सहज हुन आवश्यक देखिन्छ । कप्तान काइरन पोलार्डको आक्रामक लयलाई रोक्न राजस्थानका बलरलाई सहज हुने छैन ।
राजस्थान पछिल्लो खेलमा सनराइजर्स हैदराबादसँग ८ विकेटले पराजित भएको थियो । कमजोर ब्याटिङ राजस्थानलाई सबैभन्दा ठूलो चिन्ताको विषय हो । आजको खेलमा राजस्थानका ब्याट्सम्यानलाई चमत्कार प्रर्दशन गर्न आवश्यक देखिन्छ । बेन स्टोक्स, सन्जु स्यामसन, जस बटलर र कप्तान स्टिभ स्मिथलाई ठूलो इनिङ खेल्न आवश्यक देखिन्छ । जोफ्रा आर्चरले लगतार राम्रो प्रर्दशन गर्दा अन्य बलरको त्यति राम्रो साथ पाउन सकेका छैनन् ।
राजस्थान र मुम्बईबीच आइपिएलमा कुल २२ खेल भएको छ । जसमा राजस्थान १० खेलमा विजयी हुँदा ११ खेलमा पराजित भएको छ । जारी सिजनको आइपिएलमा लिग चरणको पहिलो खेलमा मुम्बईले राजस्थानलाई ५७ रनले पराजित गरेको थियो ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]