4 years ago
October 25, 2020
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ४४ औं खेलमा आज रोयल च्यालेन्जर्स बेंगलोर र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ पछि दुई इन्टरनेशनल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।
बेंगलोर आजको खेलमा विजयी भए १६ अंकका साथ शीर्षस्थानमा उक्लिने छ । आजको जितले बेंगलोरको प्ले अफमा स्थान लगभग पक्का पक्कि हुने छ । चेन्नई आजको खेलमा पराजित भएमा लिग चरणबाट औपचारिक रुपमा बाहिरिने छ । चेन्नई आजको खेलमा पराजित भए आइपिएल इतिहासमा लिग चरणबाट पहिलो पटक बाहिरिने छ ।
चेन्नई ११ खेलमा ८ मा हार र ३ मा जित सहित पुछारमा छ । बेंगलोर १० खेलमा ७ मा जित र ३ मा हार सहित १४ अंकका साथ तेस्रो स्थानमा छ । समान १४ अंक भएपनि नेट रन रेटको आधारमा मुम्बई इन्डियन्स शीर्ष र दिल्ली क्यापिटल्स दोस्रो स्थानमा छन् ।
यसअघि लिग चरणको पहिलो खेलमा चेन्नई बेंगलोरसँग ३७ रनले पराजित भएको थियो । बेंगलोरका क्रिस मोरिस, युजभेन्द्र चहल र एबी डिभिलियर्स प्रमुख हतियार हुन् । चेन्नईका साम करन, फाफ डु प्लेसिस र महेन्द्रसिंह धोनी प्रमुख हतियार हुन् । चेन्नई पछिल्लो खेलमा मुम्बई इन्डियन्ससँग १० विकेटले पराजित भएको थियो ।
आइपिएल इतिहासमा चेन्नई पहिलो पटक १० विकेटले पराजित हुन पुगेको हो । चेन्नईलाई कमजोर ब्याटिङ प्रमुख समस्याको रुपमा छ । बेंगलोरले पछिल्लो खेलमा कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको थियो । आइपिएलमा चेन्नई र बेंगलोरबीच हालसम्म कुल २५ खेल भएको छ । चेन्नई १५ खेलमा विजयी हुँदा ९ खेलमा पराजित हुन पुगेको छ ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]