default_image

4 years ago

October 25, 2020

हैदराबादमाथि पन्जाबको नाटकीय जित

111 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ४३ औं खेलमा शनिबार सनराइजर्स हैदराबादमाथि किंग्स इलेभेन पन्जाबले १२ रनको नाटकीय जित हात पारेको छ ।

जितको लागि १ सय २७ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले १९.५ ओभरमा १ सय १४ रनमा अल आउट भएपछि पन्जाबले महत्वपूर्ण २ अंक हात पारेको हो । एक समय सहज जिततर्फ रहेको हैदराबाद अन्तिम ५ ओभरमा सम्हालिन नसक्दा पराजित हुन पुगेको हो ।

हैदराबादले अन्तिम १५ रन जोड्न ७ विकेट गुमाएपछि पराजित हुन पुगेको हो । हैदराबादलाई जितको लागि अन्तिम १२ बलमा १७ रन चाहिँएको थियो । १९ औं ओभरमा क्रिस जोर्डनले ३ रन खर्चेर २ विकेट लिएपछि खेल रोमान्चक बनेको थियो ।

अन्तिम ओभरमा हैदराबादलाई १४ रन चाहिँएको थियो । तर अर्शदीप सिंहले सुरुवाती ५ बलमा १ रन खर्चेर ३ विकेट लिदै महत्वपूर्ण जित पक्का गराए । पन्जाबलाई अन्तिम १८ बलमा २० रन बनाउन आवश्यक हुँदा हातमा ६ विकेट रहेको थियो । पन्जाबका बलरले उत्कृष्ट प्रर्दशन गर्दै महत्वपूर्ण जित पक्का गराए ।

हैदराबादलाई ओपनर डेभिड वार्नर र जोनी बेयरस्टोले ६.२ ओभरमा ५६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । सातौं ओभरको दोस्रो बलमा रबि बिश्रोईले वार्नरलाई ३५ रनमा कप्तान लोकेश राहुलबाट क्याच गराउँदै पहिलो सफलता दिलाए ।

वार्नरले २० बलमा ३ चौका र २ छक्का प्रहार गरे । आठौं ओभरको दोस्रो बलमा मुरुगन आश्विनले बेयरस्टोलाई १९ रनमा बोल्ड आउट गरे । बेयरस्टोले २० बलमा ४ चौका प्रहार गरे । मोहम्मद शामीले नवौं ओभरको पाँचौ बलमा अब्दुल सामदलाई ७ रनमा क्रिस जोर्डनलाई क्याच आउट गराएपछि पन्जाबको जितको आशा पलाएको थियो ।

१७ औं ओभरको पहिलो बलमा मनिष पान्डे १५ रनमा क्याच आउट भए । १८ औं ओभरको पाँचौ बलमा अर्शदीप सिंहले विजय शंकरलाई राहुलबाट २६ रनमा क्याच आउट गराएपछि खेल थप रोमान्चक बनेको थियो । शंकरले २७ बलमा ४ चौका प्रहार गरे ।

जेसन होल्डरलाई जोर्डनले १९ औं ओभरको तेस्रो बलमा ५ रनमा मनदीप सिंहबाट क्याच आउट गराएपछि थप रोमान्चक बनेको थियो । लगत्तै अर्को बलमा राशिद खान निकोलस पूरनबाट क्याच आउट भएपछि हैदराबादको सम्भावना कठिन बनेको थियो ।

मोहम्मद शामीले ४ ओभरा ३४ रन खर्चेर १ विकेट लिए । रबि बिश्रोईले ४ ओभरमा मात्र १३ रन खर्चेर १ विकेट लिएका थिए । क्रिस जोर्डनले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । मुरुगन आश्विनले एक विकेट लिए । अर्शदीप सिंहले ३.५ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको पन्जाबले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २६ रन बनाएको थियो। पन्जाबकानिकोलस पूरनले २८ बलमा २ चौका सहित सर्वाधिक ३२ रनको योगदान दिए ।

पन्जाबले पाँचौ ओभरको अन्तिम बलमा ओपनर मनदीप सिंहलाई १७ रनमा गुमाएको थियो । सन्दीप शर्माको बलमा राशिद खानबाट क्याच आउट हुनुअघि सिंहले १४ बलमा १ चौका प्रहार गरे । १० औं ओभरको अन्तिम बलमा आक्रामक ब्याट्सम्यान क्रिस गेललाई जेसन होल्डरले डेभिड वार्नरबाट लङअफमा २० रनमा क्याच आउट हुन पुगे । गेलले २० बलमा २ चौका र १ छक्का प्रहार गरे ।

११ औं ओभरको पहिलो बलमा कप्तान लोकेश राहुललाई राशिदले २७ रनमा बोल्ड आउट गरे । राहुलले २७ बलमा २ चौका र १ छक्का प्रहार गरे । लगातार खराब प्रर्दशन गर्दै आएका ग्लेन म्याक्सवेलले हैदराबादविरुद्ध पनि पन्जाबलाई निराश बनाउन पुगे ।

सन्दीपले म्याक्सवेललाई १४ औं ओभरको चौथो बलमा १२ रनमा क्याच आउट गराएपछि पन्जाब समस्यामा परेको थियो । १५ औं ओभरको दोस्रो बलमा दीपक हुडालाई राशिदले शून्यमा स्टम्पिङ आउट गराए ।

जेसन होल्डरले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । राशिद खानले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । सन्दीप शर्माले ४ ओभरमा २९ रन खर्चेर २ विकेट हात पारे । पन्जाबले अब सोमबार कोलकाता नाइट राइडर्ससँग खेल्ने छ । हैदराबादले मंगलबार दिल्ली क्यापिटल्ससँग खेल्ने छ ।

आइपिएलको अंक तालिका
मुम्बई १० खेलमा ७ मा जित र ३ मा हार सहित १४ अंकका साथ शीर्षस्थानमा छ । दिल्ली क्यापिटल्स ११ खेलमा ७ मा जित र ४ मा हार दोस्रो स्थानमा छ । बेंगलोर १० खेलमा ७ मा जित र ३ मा हार सहित तेस्रो स्थानमा छ ।

कोलकाता ११ खेलमा ६ मा जित र ५ मा हार सहित चौथो स्थानमा छ । पन्जाब ११ खेलमा ६ मा हार र ५ मा जित सहित १० अंक जोड्दै पाँचौ स्थानमा उक्लिएको छ । सनराइजर्स हैदराबाद ११ खेलमा ७ मा हार र ४ मा जित सहित छैटौं स्थानमा पुगेको छ । राजस्थान ११ खेलमा ७ मा हार र ४ मा जित सहित सातौं स्थानमा पुगेको छ । चेन्नई सुपर किंग्स ११ खेलमा ८ मा हार र ३ मा जित सहित पुछारमा छ ।

March 12, 2025

थन्डर ११ इन्डो–नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]

March 12, 2025

प्रशिक्षण प्रतिष्ठान र मधेश आइजिपी कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले‌ हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]

March 12, 2025

पूजा ग्रेड ‘ए’ मा, ४ खेलाडीलाई मासिक ५० हजार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]

Success

Thank you for your time.