4 years ago
October 25, 2020
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा खेलाडीलाई चोटको समस्या एउटा चिन्ताको विषय बन्दै आएको छ । एक दर्जन भन्दा बढी खेलाडी घाइते भएका छन् । ६ खेलाडी प्रतियोगिताबाट बाहिरिएका छन् ।
ब्याट्सम्यान भन्दा बलरले बढी चोटको समस्या खेप्दै आएका छन् । यस सिजनमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद चोटको सबैभन्दा ठूलो चपेटामा परेका फ्रेन्चाइज टोली हुन् । दिल्लीसँग बेन्च स्ट्रेन्थ राम्रो हुँदा चोटले त्यति धेरै असर पारेको छैन । चोटका बाबजुदपनि उच्च प्रर्दशनका साथ अग्र स्थानमा छ । तर अन्य टोलीलाई भने खेलाडीको चोट ठूलो समस्याको रुपमा देखा परेको छ । खुट्टाको चोट धेरै खेलाडीको प्रमुख समस्या रहँदै आएको छ ।
दिल्ली क्यापिटल्सका अनुभवी स्पिनर रविचन्द्रन आश्विन पहिलो खेलमै किंग्स इलेभेन पन्जाबविरुद्ध पहिलो ओभरमै घाइते हुन पुगेका थिए । पहिलो ओभरमै प्रमुख दुई विकेट लिँदै दिल्लीलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । आश्विनले उक्त चोटका कारण दुई खेल गुमाए ।
आश्विन घाइते हुँदा दिल्लीमा अनुभवी लेगस्पिनर अमित मिश्रा थिए । त्यसैले उनको अभाव धेरै महसुस हुन पाएन । तर अनुभवी लेग स्पिनर अमित मिश्रा कोलकाता नाइट राइडर्ससँग खेल्ने क्रममा औंलामा चोट लागेपछि पूरै प्रतियोगितानै बाट बाहिरिएका छन् । दिल्लीमा लेग स्पिनरको अभाव मध्यक्रममा देखिदै आएको छ ।
सुरुवातमै हैदराबादका अलराउन्डर मिचेल मार्श सेप्टेम्बर २१ मा रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध पहिलो ओभर बलिङ गर्नेक्रममा उनको एंकलमा चोट लागेको थियो । उनले आफ्नो पूरा ओभर पनि गर्न नसक्दा दुई बल विजय शंकरले गरेका थिए । त्यहिँ चोटकै कारण मार्श प्रतियोगिताबाट बाहिरिए । अष्ट्रेलियाका प्रमुख अलराउन्डर मार्श बाहिँरिदा हैदराबादको टोली सन्तुलन थप कमजोर बन्यो ।
त्यसअघि मार्श इंग्ल्यान्डसँगको सिरिजमा उच्च प्रर्दशनका साथ यूएई आएका थिए । सप्टेम्बर २९ मा हैदराबादविरुद्ध पहिलो खेल खेलेका ईशान्त शर्मा चोटकै कारण आइपिएल गुमाउन पुगे । उनको खुट्टाको मांशपेशीमा समस्या देखिएको थियो । त्यसअघि अभ्यासको क्रममै इशान्त शर्मा घाइते भएका थिए ।
हैदराबादका केन विलियम्सन, रोयल च्यालेन्जर्स बेंगलोरका अलराउन्डर क्रिस मोरिस, मुम्बईका नाथन कुल्टर नाइल लगायतका खेलाडी खेल खेल्नुअघिनै अभ्यासको क्रममा घाइते भएका थिए । विलियम्सनले सुरुवाती तीन खेल गुमाएका थिए । जसको कारण कमजोर मध्यक्रम रहेको हैदराबादले झन ठूलो समस्यामा परेको थियो ।
मोरिस घाइते हुँदा उनले सुरुवाती पाँच खेल खेल्न सकेनन् । जसले बेंगलोरको डेथ ओभर कमजोर बनेको थियो । पछिल्लो पाँच खेलमा मोरिसले ९ विकेट लिएका छन् । जुन जारी सिजनमा बेंगलोरमा युजभेन्द्र चहलपछि सर्वाधिक विकेट लिने बलर हुन् ।
अक्टोबर २ मा हैदराबादका प्रमुख तीव्र गतिका बलर भुवनेश्वर कुमार चेन्नइ सुपर किंग्सविरुद्ध खेल्ने क्रममा खुट्टामा चोट लागेपछि पूरै प्रतियोगिता गुमाइसकेका छन् । हैदराबादले जारी सिजनमा संघर्ष गर्दै आएको छ । कोलकाता नाइट राइडर्सका तीव्र गतिका बलर अली खान डेब्यु गर्न नपाई चोटका कारण बाहिरिए । अमेरिकाबाट आइपिएलमा अनुबन्ध हुने पहिलो खेलाडी बनेपनि डेब्यू गर्न पाएनन् ।
यता चेन्नई सुपर किंग्सका प्रमुख अलराउन्डर ड्वेन ब्राभो खुट्टाकै चोटका बाहिरिएका छन् । त्यसअघि चेन्नईका प्रमुख ब्याट्सम्यान अम्बाती रायुडु खुट्टाकै चोटका कारण दुई खेल गुमाएका थिए । रायुडु बाहिरिदा मध्यक्रम झनै कमजोर बनेको थियो । डेथ ओभर स्पेसलिस्ट ब्राभो बाहिरिदा चेन्नई थप समस्यामा परेको छ । दुबै खेल चेन्नईले हारेको थियो । यस पटक चेन्नई इतिहासकै खराब अवस्थामा छ ।
दिल्ली क्यापिटल्सका विकेटकिपर ऋषभ पन्तले अक्टोबर ९ मा राजस्थान रोयल्ससँग खेल्नेक्रममा घाइते हुँदा तीन खेल बेन्चमै बस्नु पर्यो । उनी चोटिल हुँदा दिल्लीसँग भारतीय विकेटकिपर नहुँदा मध्यक्रमका प्रमुख ब्याट्सम्यान शिम्रन हेटमायरलाई बेन्चमा राखेर एलेक्स केरीलाई खेलाएको थियो ।
पन्त र हेटमायर नहुँदा आक्रामक ब्याट्सम्यानको कमी देखिएको थियो । दिल्लीका कप्तान श्रेयस ऐर कोलकातासँग खेल्नेक्रममा काँधमा चोट लाग्न पुगेको थियो । तर उनी अर्को खेलमा उपलब्ध हुन पुगेका थिए ।
कोलकाता नाइट राइडर्सका प्रमुख अलराउन्डर आन्द्रे रसेल यसै साता हैदराबादविरुद्ध खेल्नेक्रममा चोट बोकेका छन् । हैदराबादका मध्यक्रमका प्रमुख ब्याट्सम्यान केन विलियम्सन पुन घाइते हुँदा बिहिबार राजस्थान रोयल्ससँग उपलब्ध हुन सकेनन् ।
राजस्थान रोयल्स र किंग्स इलेभेन पन्जाबले भने खेलाडीको चोटबाट त्यति ठूलो समस्या भोग्नु परेको छैन । खेलाडी घाइते भएसँगै उसलाई आफ्नो लय समाउन निकै कठिन पर्दछ । जुन खेलाडीको करिअरमा उतारचढाव गराउने एक प्रमुख कारण हो । यस सिजनको आइपिएलमा खेलाडी घाइते हुनुको मुख्य कारण लामो समयपछि मैदानमा फर्किनुलाई अनुमान गरिएको छ ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]