4 years ago
October 23, 2020
एजेन्सी– युवा ब्याट्सम्यान साम करनको अर्धशतकमा इन्डियन प्रिमियर लिग (आइपिएल) को ४१ औं खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डिन्सलाई १ सय १५ रनको सामान्य लक्ष्य दिएको छ ।
शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको चेन्नईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १४ रन बनायो । चेन्नईका युवा ब्याट्सम्यान साम करनले ४७ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ५२ रनको योगदान दिए । इमरान ताहिर १० बलमा २ चौका सहित १३ रनमा अविजित रहे ।
नवौं विकेटका लागि ताहिर र करनले ३१ बलमा ४३ रनको साझेदारी गरेका थिए । जुन यस खेलको सर्वाधिक रनको साझेदारी हो । चेन्नईका ६ खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन् । जसमध्य तीन खेलाडीले खाता खोल्न सकेनन् । एक समय आइपिएल इतिहासकै कम योगफलको अवस्थामा पुगेको चेन्नईलाई साम करनले बचाएका थिए ।
चेन्नईले पहिलो ओभरको पाँचौ बलमा ओपनर रितुराज गायकवाडलाई शून्यमा गुमाएको थियो । ओपनर रितुराजलाई ट्रेन्ट बोल्टले एलबिडब्लू आउट अपिल गरेपनि अम्यायरले दिएका थिएनन् । तर कप्तान काइरन पोलार्डले रिभ्यु लिदै बोल्टको अपिललाई सहि सावित गरेका थिए । जुन समय चेन्नईले खाता खोल्न सकेको थिएन ।
जसप्रित बुमराहको दोस्रो ओभरको चौथो बलमा अम्बाती रायुडु क्विन्टन डी ककबाट दुई रनमा समातिन पुगे । लगत्तै अर्को बलमा नारायण जगदिशन शून्यमा सूर्यकुमार यादवबाट क्याच आउट हुँदा चेन्नई ३–३ को कमजोर अवस्थामा पुगेको थियो ।
बोल्टको तेस्रो ओभरको पाँचौ बलमा एज लाग्दै फाफ डु प्लेसिस डी ककबाट क्याच आउट भएपछि चेन्नई ३-४ को अवस्थामा पुगेको थियो । तीन रन जोड्दा प्रमुख चार विकेट गुमाएको चेन्नईले पाँचौ विकेटका रुपमा रविन्द्र जडेजालाई गुमाएको थियो । बोल्टको छैटौं ओभरको दोस्रो बलमा जडेजा सात रनमा क्रुनाल पान्ड्याबाट क्याच आउट हुन पुगेका थिए । आइपिएल इतिहासमा चेन्नईले पहिलो पटक पावर प्ले मा पाँच विकेट गुमाएको हो । अर्थात चेन्नईको यो इतिहासकै खराब पावर प्ले हो ।
स्पिनर राहुल चहरको सातौं ओभरको चौथो बलमा कप्तान महेन्द्रसिंह धोनी १६ रनमा क्याच आउट भएपछि आइपिएल इतिहासकै कम योगफलको खतरामा परेको थियो । धोनीले १६ बलमा २ चौका र १ छक्का प्रहार गरे ।
तर साम करनले राम्रो ब्याटिङ गर्दै रोयल च्यालेनजर्स बेंगलोरले सन् २०१७ मा कोलकाता नाइट राइडर्सविरुद्ध बनाएको सबैभन्दा कमयोगफल ४९ को खतरा टरेको थियो । नवौं ओभरको पाँचौ बलमा दीपक चहर स्टम्पिङ आउट भए । दीपक आफ्नो भाई राहुलको बलमा शून्यमा स्टम्पिङ आउट हुन पुगेका थिए ।
४३–७ को अवस्थामा पुगेको चेन्नईलाई करन र सार्दुल ठाकुरले २८ रनको साझेदारी गर्दै चेन्नईको साख बचाएका थिए । ठाकुर १५ औं ओभरको पाँचौ बलमा ११ रनमा यादवबाट क्याच आउट हुन पुगेका थिए । ठाकुरले २० बल खेलेका थिए ।
जस्प्रित बुमराहले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । ट्रेन्ट बोल्टले ४ ओभर १ मेडन १८ रन खर्चेर ४ विकेट लिए । राहुल चहरले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । नाथन कुल्टर नाइलले एक विकेट लिए ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]