default_image

4 years ago

October 23, 2020

रोहितबिनाको मुम्बई पहिला बलिङ गर्दै

168 views

0 Bookmark

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ४१ औं खेलमा चेन्नई सुपर किंग्सविरुद्ध मुम्बई इन्डियन्सले पहिला फिल्डिङ गर्ने भएको छ ।

शारजाह क्रिकेट स्टेडियममा मुम्बईका कार्यवाहक कप्तान काइरन पोलार्डले टस जित्दै पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । नियमित कप्तान रोहित शर्मा आज टोलीमा छैनन् । रोहित किंग्स इलेभेन पन्जाबसँगको खेलको क्रममा सुपभर ओभरमा घाइते हुन पुगेका थिए । रोहितको स्थानमा आज मुम्बईले सौरभ तिवारीलाई मौका दिएको छ ।

धोनीले आज टोलीमा तीन परिवर्तन गरेको जनाएका छन् । चेन्नईले शेन वाटसन, केदार जाधव र पियुष चवलालाई आजको खेलमा बेन्चमा राखेको छ । यी तीन खेलाडीको स्थानमा चेन्नईले रितुराज गायकवाड, इमरान ताहिर र नारायण जगदिशनलाई मौका दिएको छ । गत वर्षको पर्पल क्याप विजेता लेग स्पिनर ताहिर यस सिजनमा पहिलो खेल खेल्दै छन् ।

चेन्नईलाई अन्तिम चारमा रहेर प्ले अफ खेल्ने सम्भावना कायमै राख्न जित्नै पर्ने हुन्छ । चेन्नई आजको खेलमा पराजित भएमा प्ले अफ सम्भावना अंक गणितिय झिनो आशा मात्र बाँकी रहने छ । मुम्बई चेन्नईलाई हराउँदै शीर्षस्थानमा उक्लिन चाहन्छ । मुम्बई १० खेलमा ६ मा जित र ३ मा हार सहित १२ अंकका साथ तेस्रो स्थानमा छ ।

दिल्ली १० खेलमा ७ मा जित र ३ मा हार सहित १४ अंक जोड्दै शीर्षस्थानमा छ । चेन्नई १० खेलमा ७ मा हार र ३ मा जित सहित पुछारमा छ । आइपिएलमा मुम्बई र चेन्नईबीच कुल २९ खेल भएको छ । जसमा मुम्बई १७ खेलमा विजयी हुँदा १२ खेलमा पराजित भएको छ । लिग चरणको पहिलो खेलमा चेन्नईले मुम्बईलाई ५ विकेटले पराजित गरेको थियो ।

चेन्नई प्लेइङ ११ – अम्बाती रायुडू, इमरान ताहिर, फाफ डु प्लेसिस, शार्दुल ठाकुर, रितुराज गायकवाड, महेन्द्र सिंह धोनी (कप्तान तथा विकेटकिपर), रविन्द्र जडेजा, साम करन, दीपक चहर, नारायण जगदिशन र जोश हेजलवुड ।

मुम्बईको प्लेइङ ११ – काइरन पोलार्ड(कप्तान) क्विन्टन डी कक (विकेटकिपर), सूर्यकुमार यादव, ईशान किशन, क्रुनाल पान्ड्या, हार्दिक पान्ड्या, सौरभ तिवारी , नाथन कुल्टर नाइल, राहुल चहर, ट्रेन्ट बोल्ट र जस्प्रित बुमराह

January 8, 2025

सन्दीपले बनाए जय ट्रफीमा २ नयाँ कीर्तिमान

काठमाडौं(हाम्रो खेलकुद) – बागमती प्रदेशका कप्तान सन्दीप लामिछानेले जय ट्रफी मेन्स एलिट कपमा दुई नयाँ कीर्तिमान बनाएका छन् । जनकपुरमा जारी आफ्नो दोस्रो खेलमा सन्दीपले एकै इनिङमा सर्वाधिक रन खर्चिने कीर्तिमान बनाएका हुन् । विभागीय टोली त्रिभुवन आर्मीसँग जारी खेलमा सन्दीपले यस्तो कीर्तिमान बनाएका हुन् । उनले २२ ओभरमा २ विकेट लिएर १ सय ३ […]

January 6, 2025

पिएम कप महिला क्रिकेट – उद्घाटन खेलमा सुदूरपश्चिम र गण्डकी खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको पहिलो खेल गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशबिचमा हुने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार कैलालीको फाप्ला क्रिकेट मैदानमा माघ १ गते सुरु हुने पिएम कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका जारी गरेको हो । माघ १२ गतेसम्म चल्ने प्रतियोगितामा ९ टोलीको सहभागिता रहनेछ […]

January 6, 2025

साहबको कीर्तिमानी बलिङका बाबजुद बराबरीमा रोकियो आर्मी

काठमाडौं(हाम्रो खेलकुद) – स्पिनर साहब आलमले कीर्तिमानी बलिङ गरे पनि त्रिभुवन आर्मी क्लब अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग बराबरीमा रोकिएको छ । जय ट्रफी मेन्स एलिट कपको सोमवार सकिएको विभागीय डर्बी बराबरीमा सकिएको हो । १ सय ७२ रनको लक्ष्य पछ्याएको पुलिसले ५ विकेट गुमाएर ८८ रन जोडेको थियो । पुलिसका लागि अमित श्रेष्ठले […]

Success

Thank you for your time.