default_image

4 years ago

October 23, 2020

मुम्बईविरुद्ध चेन्नईलाई अन्तिम अवसर

111 views

0 Bookmark

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ४१ औं खेलमा आज चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार ७ : ४५ पछि शारजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

गत वर्षको विजेता मुम्बई र उप विजेता चेन्नई दुबैलाई आजको खेल महत्त्वपूर्ण छ । चेन्नईलाई अन्तिम चारमा रहेर प्ले अफ खेल्ने सम्भावना कायमै राख्न जित्नै पर्ने हुन्छ । चेन्नई आजको खेलमा पराजित भएमा प्ले अफ सम्भावना अंक गणितिय झिनो आशा मात्र बाँकी रहने छ । मुम्बई चेन्नईलाई हराउँदै शीर्षस्थानमा उक्लिन चाहन्छ ।

मुम्बई १० खेलमा ६ मा जित र ३ मा हार सहित १२ अंकका साथ तेस्रो स्थानमा छ । दिल्ली १० खेलमा ७ मा जित र ३ मा हार सहित १४ अंक जोड्दै शीर्षस्थानमा छ । चेन्नई १० खेलमा ७ मा हार र ३ मा जित सहित पुछारमा छ ।

दुबै टोली पछिल्ला खेलमा हार बेहोरेका छन् । मुम्बई किंग्स इलेभेन पन्जाबसँग दोहोरो सुपर ओभर र चेन्नई राजस्थान रोयल्ससँग ७ विकेटले पराजित भएका थिए । यस अघि पहिलो खेलमा चेन्नईले मुम्बईलाई ५ विकेटले हराएको थियो । कागजी रुपमा चेन्नई भन्दा मुम्बई बलिायो छ । मुम्बईमा विश्वस्तरिय म्याच विनर खेलाडीको बाहुल्यता छ । चेन्नईमा सीमित खेलाडीमा बढी निर्भर छ ।

यस खेललाई आइपिएलका दुई सर्वाधिक सफल कप्तानबीचको भिडन्तको रुपमा हेरिएको छ । रोहितले चार र धोनीले तीन पटक आइपिएलको उपाधि जितेका छन् । रोहित र धोनी दुबै टोलीका प्रमुख हतियार हुन् । यी दुई कप्तानले खेलाडीको क्षमता मात्र होईन आफ्नो उत्कृष्ट कप्तानीमा पनि जित दिलाउन सक्ने क्षमता राख्ने गर्दछन् ।

पछिल्ला तीन खेलमा लगातार अर्ध शतक प्रहार गरेका मुम्बईका ओपनर क्विन्टन डी कक उत्कृष्ट लयमा छन् । उनको लयलाई रोक्न चेन्नईका बलरलाई सहज हुने छैन । शारजाहको छोटो बाउन्ड्रीमा रोहित शर्मा छक्का र चौकाको बर्षा बनाउन सक्छन् । सूर्यकुमार यादव पनि लयमा हुँदा मुम्बईको शीर्षक्रम मजबुत छ ।

तल्लोक्रममा काइरन पोलार्डको आक्रामक प्रर्दशन गर्दै आएका छन् । पोलार्डले ७ इनिङमा २ सयको स्ट्राइक रेटमा २ सय ८ रन बनाएका छन् । जसमा १७ छक्का सामेल छ । हार्दिक पान्ड्या पनि शारजाहमा नायक बन्न सक्छन् । बलिङमा जस्प्रित बुमराह र ट्रेन्ट बोल्टको जोडीले उच्च प्रर्दशन गर्दै आएका छन् । बुमराहले १५ र बोल्टले १२ विकेट लिएका छन् ।

यता चेन्नई इतिहासकै कमजोर अवस्थामा छ । चेन्नईको ओपनिङ साम करन र फाफ डु प्लेसिसले गर्ने छन् । डु प्लेसिस राम्रो लयमा छन् । डु प्लेसिसले १० खेलमा ४ मा अर्ध शतक सहित ३ सय ७५ रनका साथ चौथो स्थानमा छन् । डु प्लेसिसले आफ्नो लयलाई निरन्तरता दिन आवश्यक देखिन्छ । साम करनले आक्रामक सुरुवातका साथ ठूलो इनिङ खेल्न आवश्यक देखिन्छ । अम्बाती रायुडु, शेन वाटसन र महेन्द्रसिंह धोनीलाई उत्कृष्ट प्रर्दशन गर्न आवश्यक देखिन्छ । अन्यथा मुम्बईमाथि जित निकाल्न चेन्नईलाई सहज देखिदैन ।

रविन्द्र जडेजालाई आफ्नो लयलाई निरन्तरता दिन आवश्यक छ । चेन्नईले आज केदार जाधवलाई बेन्चमा राख्न सक्छ । केदारको स्थानमा रितुराज गायकवाडलाई मौका दिन सक्छ । तीव्र गतिका बलर जोश हेजलवुड र दीपक चहरलाई उत्कृष्ट प्रर्दशन गर्न आवश्यक देखिन्छ । आइपिएलमा मुम्बई र चेन्नईबीच कुल २९ खेल भएको छ । जसमा मुम्बई १७ खेलमा विजयी हुँदा १२ खेलमा पराजित भएको छ ।

March 12, 2025

थन्डर ११ इन्डो–नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]

March 12, 2025

प्रशिक्षण प्रतिष्ठान र मधेश आइजिपी कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले‌ हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]

March 12, 2025

पूजा ग्रेड ‘ए’ मा, ४ खेलाडीलाई मासिक ५० हजार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]

Success

Thank you for your time.