default_image

4 years ago

October 22, 2020

मनिषको उत्कृष्ट ब्याटिङमा हैदराबादको सानदार जित

114 views

0 Bookmark

एजेन्सी – मध्यक्रमका ब्याट्सम्यान मनिष पान्डेको उत्कृष्ट प्रर्दशनमा सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) को ४० औं खेलमा राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको छ ।

जितको लागि १ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले १८.१ ओभरमा २ विकेटको क्षतिमा जित हासिल गर्यो । हैदराबादको जितमा मनिष पान्डे ४७ बलमा ४ चौका र ८ छक्का सहित ८३ रनमा अविजित रहे । विजय शंकर ५१ बलमा ६ चौका सहित ५२ रनमा अविजित रहे ।

कमजोर सुरुवात गरेपनि तेस्रो विकेटका लागि मनिष र विजयले १ सय ४० रनको अविजित साझेदारी गर्दै जित पक्का गराए । तीव्र गतिका बलर जोफ्रा आर्चरले पहिलो ओभरको चौथो बलमा डेभिड वार्नरलाई चार रनमा दोस्रो स्लिपमा बेन स्टोक्सबाट उत्कृष्ट क्याच आउट गराएका थिए ।

आर्चरलेनै तेस्रो ओभरको चौथो बलमा अर्का ओपनर जोनी बेयरस्टोलाई १० रनमा बोल्ड आउट गरे । तर अन्य बलरले विकेट लिन नसक्दा मनिष र विजयले उत्कृष्ट साझेदारी गर्दै सहज जित दिलाए । राजस्थानका आर्चरले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । अन्य कुनै पनि बलरले विकेट लिन सकेनन् ।

त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५४ बनाएको थियो । राजस्थानले पहिलो विकेट चौथो ओभरको तेस्रो बलमा गुमाएको थियो । नन स्ट्राइकका ओपनर रोबिन उथप्पा रन लिन क्रिजको मध्यभागसम्म दौडिएपनि बेन स्टोक्सले पूरा हुने नदेखेपछि नलिन आग्रह गर्दा फर्किने क्रममा जेसन होल्डरको डाइरेक्ट थ्रोमा १९ रनमा रन आउट हुन पुगेका थिए ।

उथप्पाले १३ बलमा २ चौका र १ छक्का प्रहार गरे । दोस्रो विकेटका लागि बेन स्टोक्स र सन्जु स्यामसनले ५६ रनको साझेदारी गर्दै इनिङ अगाडि बढाउन खोजेका थिए । १२ औं ओभरको चौथो बलमा होल्डरले स्यामसनलाई ३६ रनमा बोल्ड आउट गरे । स्यामसनले २६ बलमा ३ चौका र १ छक्का प्रहार गरे । १३ औं ओभरको पहिलो बलमा स्पिनर राशिद खानले बेन स्टोक्सलाई ३० रनमा बोल्ड आउट गरेपछि हैदराबाद खेलमा फर्किएको थियो । स्टोक्सले ३२ बलमा २ चौका प्रहार गरे ।

विजय शंकरले १६ औं ओभरको तेस्रो बलमा जस बटलर ९ रनमा शहबाज नदीमबाट क्याच आउट हुन पुगे । होल्डरको १९ औं ओभरको पहिलो बलमा ठूलो सट खेलेका कप्तान स्टिभ स्मिथ लङअनमा मनिष पान्डेबाट १९ रनमा समातिन पुगे । स्मिथले १५ बलमा २ चौका प्रहार गरे । अर्को बलमा रियान पराग डेभिड वार्नरबाट २० रनमा क्याच आउट हुन पुगे । परागले १२ बलमा २ चौका र १ छक्का प्रहार गरे । जोफ्रा आर्चर १६ र राहुल टेवाटिया २ रनमा अविजित रहे । आर्चरले ७ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

जारी सिजनमा पहिलो खेल खेलेका हैदराबादका अलराउन्डर जेसन होल्डरले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । राशिद खानले ४ ओभरमा २० रन खर्चेर १ विकेट लिए । विजय शंकरले ३ ओभरमा १५ रन खर्चेर १ विकेट लिए ।

राजस्थानले अव आइतबार मुम्बई इन्डियन्ससँग खेल्ने छ । हैदराबादले शनिबार किंग्स इलेभेन पन्जाबसँग खेल्ने छ ।

अंक तालिका

दिल्ली क्यापिटल्स १० खेलमा ७ मा जित र ३ मा हार सहित १४ अंकका साथ शीर्षस्थानमा छ । बेंगलोर १० खेलमा ७ मा जित र ३ मा हार सहित १४ अंक भएपनि नेट रनरेटको आधारमा दोस्रो स्थानमा छ । मुम्बई ९ खेलमा ६ मा जित र ३ मा हार सहित तेस्रो स्थानमा छ । कोलकाता १० खेलमा ५ मा जित र ५ मा हार सहित चौथो स्थानमा छ । सनराइजर्स हैदराबाद १० खेलमा ६ मा हार र ४ मा जित सहित पाँचौ स्थानमा उक्लिएको छ ।

पन्जाब १० खेलमा ६ मा हार र ४ मा जित सहित ८ अंक जोड्दै छैटौं स्थानमा छ । राजस्थान ११ खेलमा ७ मा हार र ४ मा जित सहित सातौं स्थानमा पुगेको छ । चेन्नई सुपर किंग्स १० खेलमा ७ मा हार र ३ मा जित सहित पुछारमा छ ।

March 12, 2025

थन्डर ११ इन्डो–नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]

March 12, 2025

प्रशिक्षण प्रतिष्ठान र मधेश आइजिपी कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले‌ हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]

March 12, 2025

पूजा ग्रेड ‘ए’ मा, ४ खेलाडीलाई मासिक ५० हजार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]

Success

Thank you for your time.