4 years ago
October 22, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ४० औं खेलमा राजस्थान रोयल्सविरुद्ध सनराइर्जस हैदराबादले पहिला बलिङ गर्ने भएको छ ।
दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा कप्तान डेभिड वार्नरले टस जित्दै पहिला बलिङ गर्ने निर्णय लिएका छन् । चोटका कारण मध्यक्रमका प्रमुख ब्याट्सम्यान केन विलियम्सन आज टोलीमा छैनन् । विलियम्सन टोलीमा नहुँदा हैदराबादले वेस्टइन्डिजका अलराउन्डर जेसन होल्डरलाई मौका दिएको छ । होल्डरले जारी सिजनमा पहिलो खेल खेल्दै छन् । त्यस्तै वशील थाम्पीको स्थानमा शहवाज नदीमलाई मौका दिएको छ । राजस्थानले भने टोलीमा परिवर्तन गरेको छैन ।
दुबै टोलीलाई प्ले अफको सम्भावना कायमै राख्न आजको खेल जित्नै पर्ने हुन्छ । आजको खेलमा पराजित हुने टोलीको प्ले अफको सम्भावना अन्य टोलीको नजितामा निर्भर रहने छ । राजस्थान १० खेलमा ६ मा हार र ४ मा जित सहित छैटौं स्थानमा छ । हैदराबाद ९ खेलमा ६ मा हार र ३ मा जित सहित सातौं स्थानमा छ ।
यसअघि लिग चरणको पहिलो खेलमा हैदराबाद राजस्थानसँग ५ विकेटले पराजित भएको थियो । आइपिएलमा राजस्थान र हैदराबादबीच कुल १२ खेल भएको छ । जसमा हैदराबाद ६ खेलमा विजयी हुँदा ६ खेलमा पराजित हुन पुगेको छ ।
राजस्थानको प्लेइङ ११ – जस बटलर (विकेटकिपर), रोबिन उथप्पा, स्टिभ स्मिथ (कप्तान), सन्जु स्यामसन, रियान पराग, राहुल टेवाटिया, जोफ्रा आर्चर, कार्तिक त्यागि, श्रेयस गोपाल, अंकित राजपुत र बेन स्टोक्स
हैदराबादको प्लेइङ ११ – डेविड वार्नर (कप्तान), जोनी बेयरस्टो (विकेटकिपर), मनिष पान्डे, विजय शंकर, प्रियम गर्ग, अब्दुल सामद , जेसन होल्डर, राशिद खान, सन्दीप शर्मा , टि नटराजन र शहबाज नदीम ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका खेलाडीहरूको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। कुल पुरूष खेलाडीलाई क्यानले मासिक पारिश्रमिक दिने भएको छ। जसमा ५ खेलाडीले मासिक १ लाख प्राप्त गर्नेछन्। ५ श्रेणीमा ३३ खेलाडीलाई वर्गीकरण गरिएको छ। जहाँ श्रणी अनुसार १ लाख देखि २५ हजार नगद खेलाडीहरूले प्राप्त […]