default_image

4 years ago

October 22, 2020

‘गर वा मर’ को अवस्थामा राजस्थान र हैदराबाद

115 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ४० औं खेलमा आज राजस्थान रोयल्स र सनराइर्जस हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

दुबै टोलीलाई प्ले अफको सम्भावना कायमै राख्न आजको खेल जित्नै पर्ने हुन्छ । आजको खेलमा पराजित हुने टोलीको प्ले अफको सम्भावना अन्य टोलीको नजितामा निर्भर रहने छ । राजस्थान १० खेलमा ६ मा हार र ४ मा जित सहित छैटौं स्थानमा छ । हैदराबाद ९ खेलमा ६ मा हार र ३ मा जित सहित सातौं स्थानमा छ ।

यसअघि लिग चरणको पहिलो खेलमा हैदराबाद राजस्थानसँग ५ विकेटले पराजित भएको थियो । उक्त खेलमा राहुल टेवाटियाले ४५ र रिगान पराग ४२ रनमा अविजित थिए । हैदराबाद उक्त हारको बदला लिने सोचमा हुने छ । राजस्थान उक्त जितलाई निरन्तरता दिन चाहन्छ ।

राजस्थानले पहिलो खेलमा चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित गरेको थियो । उक्त खेलमा जस बटलरले ७० रनको अविजित इनिङ खेलेका थिए । बटलरको उक्त प्रर्दशन राजस्थानको सकरात्मक पक्ष हो । स्टिभ स्मिथ २६ रनमा अविजित रहेका थिए । ओपनर बेन स्टोक्स र रोबिन उथप्पा सस्तैमा आउट भएका थिए । सन्जु स्यामसनले खाता खोल्न सकेका थिएनन् । उथप्पाको स्थानमा युवा ब्याट्सम्यान यशस्वी जैसवाललाई मौका दिन सक्छ ।

सुरुवाती दुई खेलमा उच्च प्रर्दशन गरेका स्यामसनले त्यसपछि लगातार खराब प्रर्दशन गर्दै आएका छन् । जुन राजस्थानको ठूलो समस्या र टाउको दुखाईको विषय हो । स्यामसनलाई आफ्नो लय समाउन निकै आवश्यक देखिन्छ । बेन स्टोक्सलाई उत्कृष्ट इनिङ खेल्न आवश्यक छ । जोफ्रा आर्चर बलिङका प्रमुख हतियार हुन् ।

हैदराबाद पछिल्लो खेलमा कोलकाता नाइट राइडर्ससँग सुपर ओभरमा पराजित भएको थियो । ओपनर जोनी बेयरस्टो, कप्तान डेभिड वार्नर, केन विलियम्सन र मनिष पान्डेमा हैदराबादको ब्याटिङ निर्भर छ । त्यसैले यी चार ब्याट्सम्यानले जिम्मेवारीका साथ उत्कृष्ट प्रर्दशन गर्न आवश्यक देखिन्छ । अब्दुल सामद, विजय शंकर र प्रियम गर्ग तल्लोक्रमका ब्याट्सम्यान हुन् ।

लगातार मध्यक्रम कमजोर देखिएको हैदराबादले त्यस समस्या समाधानको लागि युवा ब्याट्सम्यान विराट सिंहलाई गर्गको स्थानमा आज मौका दिन सक्छ । बलिङमा राशिद खान र टि नटराजन प्रमुख हतियार हुन् । योर्करका लागि सिपालु नटराजन राजस्थानका बलरलाई टाउनको दुखाईका बलर बन्न सक्छन् ।

आइपिएलमा राजस्थान र हैदराबादबीच कुल १२ खेल भएको छ । जसमा हैदराबाद ६ खेलमा विजयी हुँदा ६ खेलमा पराजित हुन पुगेको छ ।

March 12, 2025

प्रशिक्षण प्रतिष्ठान र मधेश आइजिपी कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले‌ हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]

March 12, 2025

पूजा ग्रेड ‘ए’ मा, ४ खेलाडीलाई मासिक ५० हजार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]

March 12, 2025

क्यानले नयाँ ग्रेडिङ सार्वजनिक गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका खेलाडीहरूको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। कुल पुरूष खेलाडीलाई क्यानले मासिक पारिश्रमिक दिने भएको छ। जसमा ५ खेलाडीले मासिक १ लाख प्राप्त गर्नेछन्। ५ श्रेणीमा ३३ खेलाडीलाई वर्गीकरण गरिएको छ। जहाँ श्रणी अनुसार १ लाख देखि २५ हजार नगद खेलाडीहरूले प्राप्त […]

Success

Thank you for your time.