4 years ago
October 21, 2020
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ३९ औं खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
शेख जायद स्टेडियम आबूधाबीमा कोलकाता कप्तान ओईन मोर्गनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । बेंगलोरले आज टोलीमा एक परिवर्तन गरेको छ । तीव्र गतिका बलिङ बलियो बनाउन शहबाज अहमदको स्थानमा मोहम्मद शिराजलाई मौका दिएको छ । कोलकाताले टोलीमा दुई परिवर्तन गरेको छ ।
घाइते आन्द्रे रसेल आज टोलीमा छैनन् । रसेल टोलीमा नहुँदा ब्याटिङ बलियो बनाउन इंग्ल्यान्डका युवा ओपनर टम ब्यान्टनलाई मौका दिएको छ । त्यस्तै तीव्र गतिका बलर शिवम माभीको स्थानमा प्रसिद्ध कृष्णालाई मौका दिएको छ ।
बेंगलोर कोलकातामाथि उत्कृष्ट जित निकाल्दै शीर्षस्थानमा उक्लिन चाहाँन्छ । कोलकाता बेंगलोरलाई हराउँदै छैटौं जितका साथ प्ले अफमा आफ्नो सम्भावना बलियो बनाउन चाहन्छ । बेंगलोर ९ खेलमा ६ मा जित र ३ मा हार सहित १२ अंकका साथ तेस्रो स्थानमा छ । कोलकाता नाइट राइडर्स ९ खेलमा ५ मा जित र ४ मा हार सहित चौथो स्थानमा छ । लिग चरणको पहिलो खेलमा बेंगलोरले कोलकातालाई ८२ रनले पराजित गरेको थियो ।
कोलकाता प्लेइङ ११ – ल्योकी फर्गुसन, सुभमन गिल, नितेश राणा, ओईन मोर्गन (कप्तान), टम ब्यान्टन, दिनेश कार्तिक (विकेटकिपर), प्रसिद्ध कृष्णा, प्याट कमिन्स, राहुल त्रिपाठ्ठी, वरुण चकबर्ती र कुलदिप यादव ।
बेंगलोरको प्लेइङ ११ – आरोन फिन्च, देवदत्त पाडिक्कल, विराट कोहली (कप्तान) एवी डि भिलियर्स, क्रिस मोरिस, मोहम्मद शिराज, वासिन्टन सुन्दर, गुरकिरत सिंहमान, नवदीप सैनी, इसुरु उडना र युजभेन्द्र चहल
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका खेलाडीहरूको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। कुल पुरूष खेलाडीलाई क्यानले मासिक पारिश्रमिक दिने भएको छ। जसमा ५ खेलाडीले मासिक १ लाख प्राप्त गर्नेछन्। ५ श्रेणीमा ३३ खेलाडीलाई वर्गीकरण गरिएको छ। जहाँ श्रणी अनुसार १ लाख देखि २५ हजार नगद खेलाडीहरूले प्राप्त […]