default_image

4 years ago

October 21, 2020

कोलकाता र बेंगलोर भिड्दै

128 views

0 Bookmark

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ३९ औं खेलमा आज कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलोरबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार ७ : ४५ पछि शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुनेछ ।

बेंगलोर कोलकातामाथि उत्कृष्ट जित निकाल्दै शीर्षस्थानमा उक्लिन चाहाँन्छ । कोलकाता बेंगलोरलाई हराउँदै छैटौं जितका साथ प्ले अफमा आफ्नो सम्भावना बलियो बनाउन चाहन्छ । बेंगलोर ९ खेलमा ६ मा जित र ३ मा हार सहित १२ अंकका साथ तेस्रो स्थानमा छ । कोलकाता नाइट राइडर्स ९ खेलमा ५ मा जित र ४ मा हार सहित चौथो स्थानमा छ । लिग चरणको पहिलो खेलमा बेंगलोरले कोलकातालाई ८२ रनले पराजित गरेको थियो ।

कोलकाताले पछिल्लो खेलमा सनराइजर्स हैदराबादलाई सुपर ओभरमा पराजित गरेको थियो । उक्त खेलमा न्युजिल्यान्डका तीव्र गतिका बलर लोकी फर्गुसनले उत्कृष्ट प्रर्दशन गरेका थिए । प्रमुख ३ विकेट लिएका फर्गुसनले सुपर ओभरमा हैदराबादलाई २ रनमा रोकेका थिए । फर्गुसनको आगमनले कोलकाताको तीव्र गति बलिङ युनिट मजबुत बनेको छ ।

अर्का तीव्र गतिका बलर प्याट कमिन्सलाई बलिङमा उच्च प्रर्दशन गर्न आवश्यक छ । तल्लोक्रममा ब्याटिङमा भने राम्रो प्रर्दशन गर्दै आएका छन् । हैदराबादसँगको खेलमा घाइते भएका आन्द्रे रसेल आजको खेल खेल्ने वा नखेल्ने भन्नेमा अनिश्चित छ । रसेल उपलब्ध नभए सुनिल नारायणले मौका पाउने छन् ।

कोलकाता शीर्षक्रमका ब्याट्सम्यानलाई उत्कृष्ट प्रर्दशन गर्न आवश्यक छ । सुभमन गिल, राहुल त्रिपाठी र नितेश राणाको पछिल्ला खेलको प्रर्दशन कमजोर छ । कप्तान ओईन मोर्गन ब्याटिङका प्रमुख हतियार हुन् । विकेटकिपर दीनेश कार्तिकलाई उत्कृष्ट अन्त्य गर्न आवश्यक देखिन्छ ।

बेंगलोरले पछिल्लो खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको थियो । जसक्रममा एबी डि भिलियर्सले २२ बलमा ६ छक्का र १ चौका सहित ५५ रनको अविजित उत्कृष्ट इनिङ खेलेका थिए । डी भिलियर्स राम्रो लयमा छन् । उनलाई रोक्न कोलकाता बलरलाई प्रमुख चुनौती हुने छ ।

युवा ब्याट्सम्यान देवदत्त पाडिक्कलले पनि उच्च प्रर्दशन गर्दै आएका छन् । पाडिक्कल पनि कोलकातालाई टाउको दुखाईका ब्याट्सम्यान बन्न सक्छन् । विराट कोहलीले औसत प्रर्दशन गर्दै आएका छन् । राजस्थानविरुद्ध क्रिस मोरिसले ४ र स्पिनर युजभेन्द्र चहलले २ विकेट लिएका थिए ।

यी दुई बलरको प्रर्दशन बेंगलोरलाई निकै महत्वपूर्ण हुने छ । कोलकाता र बेंगलोरबीच कुल २५ खेल भएको छ । कोलकाता १४ खेलमा विजयी हुँदा ११ खेलमा पराजित भएको छ ।

March 12, 2025

प्रशिक्षण प्रतिष्ठान र मधेश आइजिपी कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले‌ हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]

March 12, 2025

पूजा ग्रेड ‘ए’ मा, ४ खेलाडीलाई मासिक ५० हजार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]

March 12, 2025

क्यानले नयाँ ग्रेडिङ सार्वजनिक गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका खेलाडीहरूको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। कुल पुरूष खेलाडीलाई क्यानले मासिक पारिश्रमिक दिने भएको छ। जसमा ५ खेलाडीले मासिक १ लाख प्राप्त गर्नेछन्। ५ श्रेणीमा ३३ खेलाडीलाई वर्गीकरण गरिएको छ। जहाँ श्रणी अनुसार १ लाख देखि २५ हजार नगद खेलाडीहरूले प्राप्त […]

Success

Thank you for your time.