default_image

4 years ago

October 20, 2020

शीर्षस्थानको दिल्लीमाथि पन्जाबको उत्कृष्ट जित

146 views

0 Bookmark

एजेन्सी– युवा ब्याट्सम्यान निकोलस पूरनको उत्कृष्ट ब्याटिङमा इन्डियन प्रिमियर लिग (आइपिएल) को ३८ औं खेलमा किंग्स इलेभेन पन्जाबले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गरेको छ ।

जितका लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले १९ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । पन्जाबको जितमा निकोलस पूरनले २८ बलमा ६ चौका र ३ छक्का सहित ५३ रनको महत्वपूर्ण इनिङ खेले । दिपक हुडा १५ र जेम्श निशम १० रनमा अविजित रहे । ड्यानियल सामलाई छक्का प्रहार गर्दै निशमले जित पक्का गराएका थिए ।

अक्षर पटेलको तेस्रो ओभरको दोस्रो बलमा कप्तान तथा ओपनर लोकेश राहुल ठूलो सट खेल्ने क्रममा मिड अनमा ड्यानियल सामबाट ११ बलमा १ चौका र १ छक्का सहित १५ रनमा क्याच आउट भए । त्यसपछि क्रिजमा आएका क्रिस गेलले आक्रामक ब्याटिङ गरेपनि धेरैबेर क्रिजमा टिक्न सकेनन् । गेलले पाँचौ ओभरमा युवा तीव्र गतिका बलर तुषार देशपान्डेलाई दुई छक्का र तीन चौका सहित एकै ओभरमा २६ रन जोडेका थिए ।

तर छैटौं ओभरको दोस्रो बलमा रविचन्द्रन आश्विनले गेललाई २९ बलमा बोल्ड आउट गरे । गेलले १३ बलमा २ छक्का र ३ चौका प्रहार गरे । यसै ओभरको पाँचौ बलमा पूरनसँग तालमेल नमिल्दा मयंक अग्रवाल ५ रनमा रन आउट भएपछि पन्जाब ५६–३ को कमजोर अवस्थामा पुगेको थियो ।

चौथो विकेटका लागि पुरन र ग्लेन म्याक्सवेलले ६९ रनको महत्वपूर्ण साझेदारी गर्दै पन्जाबलाई खेलमा फर्काएका थिए । तर कागिसो रबाडाले १३ औं ओभरको तेस्रो बलमा बाउन्सर फ्याँकदै एज लागेपछि पूरन पन्तबाट क्याच आउट हुन पुगेका थिए । पुरनले ब्यक्तिगत १० रनमा ठूलो जीवनदान पाएका थिए ।

आश्विनको आठौं ओभरको पाँचौ बलमा एक रन लिने प्रयास गर्दै पूरन क्रिजबाट धेरै अघि निस्के पनि म्याक्सवेलले नमानेपछि फर्किनेक्रममा पन्त रन आउट गर्न चुकेका थिए । जुन गल्ती दिल्लीलाई ठूलो भारी पर्न पुगेको छ । कागिसो रबाडाको १६ औं ओभरको पाँचौ बलमा म्याक्सवेल ३२ रनमा पन्तबाट आउट भए । म्याक्सवेलले २४ बलमा ३ चौका प्रहार गरे । कागिसो रबाडाले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । अक्षर पटेल र रविचन्द्रन आश्विनले एक एक विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको दिल्लीले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको थियो । दिल्लीका ओपनर शिखर धवन ६१ बलमा १२ चौका र ३ छक्का सहित १ सय ६ रनमा अविजित रहे । यो धवनको आइपिएलमा लगातार दोस्रो शतक हो ।

यसअघि धवनले चेन्नई सुपर किंग्सविरुद्ध १ सय १ रनको अविजित शतकीय इनिङ खेलेका थिए । आइपिएल इतिहासमा लगातार दुई खेलमा शतक प्रहार गर्ने धवन पहिलो खेलाडी बनेका छन् । त्यस्तै धवनले आइपिएलमा आफ्नो ५ हजार रन पनि पूरा गरे । यो धवनको टि२० करिअरको दोस्रो शतक हो । धवनको टि२० करिअरको उत्कृष्ट इनिङ पर्दछ । धवनले शतकीय इनिङ खेल्दा अर्कोतर्फबाट दिल्लीका अन्य ब्याट्सम्यानले भने ठूलो इनिङ खेल्न सकेनन् ।

दिल्लीले पहिलो विकेट चौथो ओभरको दोस्रो बलमा गुमाएको थियो । जेम्श निशमको बलमा खराब सट खेल्दै पृथ्वी शा ग्लेन म्याक्सवेलबाट ७ रनमा क्याच आउट गराए । स्पिनर मुरुगन आश्विनको नवौं ओभरको तेस्रो बलमा कप्तान श्रेयस ऐर कप्तान लोकेश राहुलबाट १४ रनमा समातिन पुगे । ऐरले १२ बलमा १ छक्का प्रहार गरे ।

ग्लेन म्याक्सवेलको १४ औं ओभरको चौथो बलमा ठूलो सट खेलेका विकेटकिपर ऋषभ पन्त लङअनमा मयंक अग्रवालबाट १४ रनमा क्याच आउट भए । पन्तले २० बलमा १ चौका प्रहार गरे । मोहम्मद शामीले १८ औं ओभरको तेस्रो बलमा मार्कस स्टोइनिस अग्रवालबाट ९ रनमा क्याच आउट भए । अन्तिम बलमा शामीले शिम्रन हेटमायरलाई १० रनमा बोल्ड आउट गरे ।

पन्जाबका मोहम्मद शामीले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । मुरुगन आश्विनले ४ ओभरमा ३३ रन खर्चेर १ विकेट लिए । ग्लेन म्याक्सवेलले ४ ओभरमा ३१ रन खर्चेर १ विकेट लिए । जेम्श निशमको नाममा १ विकेट रह्यो ।

दिल्लीको यो तेस्रो हार हो । दिल्लीले अब शनिबार कोलकाता नाइट राइडर्ससँग खेल्ने छ । यो जितसँगै पन्जाब पाँचौ स्थानमा उक्लिएको छ । पन्जाबले शनिवारनै सनराइजर्स हैदराबादसँग खेल्ने छ । यो जितसँगै पन्जाबले प्ले अफको सम्भावना कायमै राखेको छ ।

अंक तालिका

दिल्ली क्यापिटल्स १० खेलमा ७ मा जित र ३ मा हार सहित १४ अंकका साथ शीर्षस्थानमा छ । मुम्बई ९ खेलमा ६ मा जित र ३ मा हार सहित १२ अंक जोड्दै दोस्रो स्थानमा छ । बेंगलोर ९ खेलमा ६ मा जित र ३ मा हार सहित १२ अंक भएपनि नेट रनरेटको आधारमा तेस्रो स्थानमा छ । कोलकाता ९ खेलमा ५ मा जित र ४ मा हार सहित चौथो स्थानमा छ ।

पन्जाब १० खेलमा ६ मा हार र ४ मा जित सहित ८ अंक जोड्दै पाँचौ स्थानमा उक्लिएको छ । राजस्थान १० खेलमा ६ मा हार र ४ मा जित सहित छैटौं स्थानमा झरेको छ । सनराइजर्स हैदराबाद ९ खेलमा ६ मा हार र ३ मा जित सहित सातौं स्थानमा छ । चेन्नई सुपर किंग्स १० खेलमा ७ मा हार र ३ मा जित सहित पुछारमा छ ।

March 12, 2025

प्रशिक्षण प्रतिष्ठान र मधेश आइजिपी कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले‌ हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]

March 12, 2025

पूजा ग्रेड ‘ए’ मा, ४ खेलाडीलाई मासिक ५० हजार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]

March 12, 2025

क्यानले नयाँ ग्रेडिङ सार्वजनिक गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका खेलाडीहरूको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। कुल पुरूष खेलाडीलाई क्यानले मासिक पारिश्रमिक दिने भएको छ। जसमा ५ खेलाडीले मासिक १ लाख प्राप्त गर्नेछन्। ५ श्रेणीमा ३३ खेलाडीलाई वर्गीकरण गरिएको छ। जहाँ श्रणी अनुसार १ लाख देखि २५ हजार नगद खेलाडीहरूले प्राप्त […]

Success

Thank you for your time.