4 years ago
October 20, 2020
एजेन्सी– ओपनर शिखर धवनको कीर्तिमानी शतकमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ३८ औं खेलमा किंग्स इलेभेन पन्जाबलाई १ सय ६५ रनको लक्ष्य दिएको छ ।
दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको दिल्लीले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६४ रन बनायो । दिल्लीका ओपनर शिखर धवनले शतकीय इनिङ खेले । धवन ६१ बलमा १२ चौका र ३ छक्का सहित १ सय ६ रनमा अविजित रहे । यो धवनको आइपिएलमा लगातार दोस्रो शतक हो ।
यसअघि धवनले चेन्नई सुपर किंग्सविरुद्ध १ सय १ रनको अविजित शतकीय इनिङ खेलेका थिए । आइपिएल इतिहासमा लगातार दुई खेलमा शतक प्रहार गर्ने धवन पहिलो खेलाडी बनेका छन् । त्यस्तै धवनले आइपिएलमा आफ्नो ५ हजार रन पनि पूरा गरेका छन् ।
यो धवनको टि२० करिअरको दोस्रो शतक हो । धवनको टि२० करिअरको उत्कृष्ट इनिङ पर्दछ । धवनले शतकीय इनिङ खेल्दा अर्कोतर्फबाट दिल्लीका अन्य ब्याट्सम्यानले भने ठूलो इनिङ खेल्न सकेनन् ।
दिल्लीले पहिलो विकेट चौथो ओभरको दोस्रो बलमा गुमाएको थियो । जेम्श निशमको बलमा खराब सट खेल्दै पृथ्वी शा ग्लेन म्याक्सवेलबाट ७ रनमा क्याच आउट गराए । स्पिनर मुरुगन आश्विनको नवौं ओभरको तेस्रो बलमा कप्तान श्रेयस ऐर कप्तान लोकेश राहुलबाट १४ रनमा समातिन पुगे । ऐरले १२ बलमा १ छक्का प्रहार गरे ।
ग्लेन म्याक्सवेलको १४ औं ओभरको चौथो बलमा ठूलो सट खेलेका विकेटकिपर ऋषभ पन्त लङअनमा मयंक अग्रवालबाट १४ रनमा क्याच आउट भए । पन्तले २० बलमा १ चौका प्रहार गरे । मोहम्मद शामीले १८ औं ओभरको तेस्रो बलमा मार्कस स्टोइनिस अग्रवालबाट ९ रनमा क्याच आउट भए । अन्तिम बलमा शामीले शिम्रन हेटमायरलाई १० रनमा बोल्ड आउट गरे ।
पन्जाबका मोहम्मद शामीले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । मुरुगन आश्विनले ४ ओभरमा ३३ रन खर्चेर १ विकेट लिए । ग्लेन म्याक्सवेलले ४ ओभरमा ३१ रन खर्चेर १ विकेट लिए । जेम्श निशमको नाममा १ विकेट रह्यो ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका खेलाडीहरूको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। कुल पुरूष खेलाडीलाई क्यानले मासिक पारिश्रमिक दिने भएको छ। जसमा ५ खेलाडीले मासिक १ लाख प्राप्त गर्नेछन्। ५ श्रेणीमा ३३ खेलाडीलाई वर्गीकरण गरिएको छ। जहाँ श्रणी अनुसार १ लाख देखि २५ हजार नगद खेलाडीहरूले प्राप्त […]